नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’को नवौं संस्करण बैशाख १७ गतेबाट काठमाडौंको भृकुटीकण्डपमा हुने भएको छ । आइतबार भारतको एसडी प्रोमो मिडिया र नेपालको रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन)ले संयुक्तरुपमा आयोजना गरेको नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’स्वास्थ्य सेवा, डाइग्नोष्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘रहेको आइतबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।

एक्स्पो बैशाख १७ देखि १९ सम्म तीन दिन सञ्चालन हुनेछ । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ९केमसन०का अध्यक्ष भक्तबहादुर हमालले नेपालमा सरकारीबाहेक वार्षिक २० अर्बको मेडिकल इक्वीपमेन्टको कारोबार रहेको उल्लेख गर्दै प्रविधि सेयर र विजनेशमा एक्स्पोले सहयोग पुर्याउने बताए । यस्तै एसडी प्रोमो मिडियाका संयोजक अनुरोध परासरले नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो नवौं संस्करण सम्म आइपुग्दा नेपालको स्वास्थ्य क्षेत्रमा एक्सपोले महत्वपुर्ण भुमिका खेलेको बताए । प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मोफिसर साइन्टिकफिक, ह्युमन डाइग्नोष्टिक, स्निबे, ड्रागर र सिटीके बायोटेकजस्ता विश्वप्रसिद्ध ब्राण्डहरुको सहभागिता हसने उनले जानकारी दिए । ‘सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मोफिसर साइन्टिकफिक, ह्युमन डाइग्नोष्टिक, स्निबे, ड्रागर र सिटीके बायोटेकजस्ता विश्व प्रसिद्ध कम्पनीहरुको एक्स्पोमा सहभागिता रहनेछ,’ उनले भने, ‘यो नेपालकै लार्जेष्ट मेडिकल एक्स्पो हो ।’

आयोजककाअनुसार यस वर्षको संस्करण अहिलेसम्मको सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ । प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका २०० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्ड र एक हजारभन्दा बढी उत्पादन तथा सेवाहरु एकै स्थानमा प्रदर्शन गरिनेछ । यसले स्वास्थ्य सेवा, प्रयोगशाला विज्ञानमा नवीनतम प्रविधि, उपकरण तथा समाधानहरुलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । एक्स्पोलाई स्वास्थ्य सेवा, औषधि तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण ‘बीटुबी’ प्लेटफर्मको रुपमा लिइएको छ ।
यसले व्यापारिक सहकार्य विस्तार, स्रोत पहिचान, प्रविधि आदान—प्रदान, तथा उच्चस्तरीय नेटवर्किङका लागि उपयुक्त वातावरण सिर्जना गर्ने आयोजकको विश्वास छ । एक्स्पोमा विशेषगरी अस्पताल, नर्सिङ होम, डाइग्नोष्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज ब्लड बैक तथा खाद्य सामाग्री परीक्षण प्रयोगशालासँग सम्बन्धित निर्णयकर्ता तथा खरिद पेशेवरहरुलाई लक्षित गरिएको छ । साथै, दक्षिण एसियाभरका विदेशी खरिदकर्ताहरुको समेत सहभागिता रहने जनाइएको छ । नेपालमा स्वास्थ्य सेवा र प्रयोगशाला क्षेत्रमा बढ्दो प्रविधि आवश्यकताबीच अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीले ज्ञान, प्रविधि र व्यवसायिक सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।


