अभिनेत्री तथा निर्मात्री केकी अधिकारीको स्टेशन शुभमुर्हत

२०८३ बैशाख १०, बिहीबार ०७:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म स्टेशन को निर्माण कार्य औपचारिक रूपमा सुरू गरेकी छन्।
बोक्सीको घरु मार्फत बक्स अफिसमा ठूलो सफलता हात पारेकी केकीको यो नयाँ फिल्मको सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको हो। मुहूर्त कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो।  केकीले नयाँ वर्षको अवसर पारेर यस फिल्मको निर्माण घोषणा गरेकी थिइन्।
२०८१ सालमा सफल बनेको ुबोक्सीको घरु पछि केकीले सोही टिमसँगको सहकार्यलाई स्टेशन मा पनि निरन्तरता दिएकी छन्।
केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने ‘स्टेशन’ लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन्। फिल्मको कथा पनि स्वयं भारतीकै छ भने निर्माता बद्री अधिकारी हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय