‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक

२०८३ बैशाख १३, आईतवार १३:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर दर्शकमाझ ल्याइएको हो ।

फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा करिब तीन दशकपछि यही फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको फिल्ममा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि रहेका छन् । थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको यस फिल्ममा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय