निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्म बनाउने भएका छन्। नयाँ वर्षको अवसर पारेर फिल्म ‘कोटी कोटी प्रणाम’को निर्माण घोषणासँगै उनले ‘टाइटल पोस्टर’ पनि सार्वजनिक गरेका छन्।
दिलासा क्रियसनको ब्यानरमा बन्ने फिल्ममा सुवेदी स्वयंको लेखन तथा गीत रचना छ। कर्णाली प्रदेशको सुर्खेत जिल्लामा भदौ पहिलो साताबाट फिल्मको सुटिङ सुरु हुनेछ। यस फिल्ममा कलाकार र प्राविधिक भने तय भएका छैनन्।
निर्देशक सुवेदीले फिल्ममा नयाँ र पुराना कलाकारको राखिने उनले सुनाए। अहिले कलाकार छनोट प्रक्रियाको काम चलिरहेको उनको भनाइ छ। यसअघि सुवेदीले सामाजिक कथावस्तुमा ‘ सतीदेवी’ बनाएका थिए। जुन फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो।


