लालीबजारमा स्वस्तीमाको अडिसन रबिन्द्र खलपात्र

२०८३ बैशाख १३, आईतवार १३:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । फिल्मको बारेमा

स्वस्तिमा खड्का 

मलाई आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु । षट्कोण आट्र्सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’ का लागि अडिसन दिएर फिल्ममा छनोट भएकी हुँ ।यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ । निकै उमेर हुनु एका आमाहरुलाई भेटेर कुराकानी गरेकी थिएँ । मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ । मेरा लागि आगामी धेरै समयसम्म सम्झिने फिल्म बनेको , ‘लालीबजार’ ।

रवीन्द्रसिंह बानियाँ –

षट्कोण आट्र्सबाट हामीले सामाजिक विषयमा फिल्म बनाउने तयारी गरिरहेकै समयमा ‘लालीबजार’ हामी कहाँ आइपुगेको हो । यो फिल्मले एउटी आमाको सङघर्षसँगै उसको ममतालाई देखाएको छ । यसमा मैले ‘टल्क जंग भर्सेस टुल्के’ पश्चात नकारात्मक भूमिका निर्वाह गरेको छु । एउटा शोसक र सामन्तको भूमिका छ ।मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदीबहिनीहरूले कसरी सहेर बस्नु भएको होला रु विषयको गम्भीरतालाई ध्यानमा राखेर हामीले फिल्म तयार गरेका छौँ ।

यो फिल्म कमर्सियल छ, तर यसलाई तयार गर्दा हामी बादी समुदायमै पुगेर अनुसन्धान गरेर फिल्मको पटकथा तयार गरेका हौँ । विषयको गम्भीरतालाई बुझेर हामीले काम गरेका छौँ । मैले फिल्म निर्वाह गरेको पात्रहरू समाजमा हुनु हुँदैन, त्यस्ता पात्र धर्तिमा रहन लायक छैनन् । यो फिल्ममा काम गर्दा थाहा पाएँ, हामीले वा राज्यले ती समुदायसँग जतिपटक माफी मागे पनि कम हुन्छ ।

निर्माता म्याक्स दीपेश खत्री –

‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ फिल्म निर्माण गरिसकेको षट्कोण आट्र्सले फिल्म ‘लालीबजार’ सम्म आइपुग्दा विषयवस्तु उठानमा झनै गम्भीर भएको छ । हामीले आफ्ना कामहरूमार्फत आफूलाई झनै परिपक्क बनेको महसुस ‘लालीबजार’ मा आइपुग्दा भएको छ । यसपटक हामीले एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामू ल्याएका छौँ । यसअघि ‘महापुरूष’ मा हामीले बुवा र छोराको कथालाई देखाएका थियौँ । विषयवस्तुका हिसाबले हामीले निर्माण गरेका फिल्म मध्ये ‘लालीबजार’ उत्कृष्ट हो ।

प्रदीप भट्टराई _

कार्यकारी निर्माता पटकथाकार स्षट्कोण आट्र्सबाट हामीले फरक कथा ल्याउने तयारी गर्दै गर्दा तराईको एउटा आइडियामा काम गरिरहेका थियौँ । त्यसमा नै सल्लाह लिन हामीले निर्देशक यम थापालाई भेटेका थियौँ । सोही छलफलमा हामीले कथा खोजिरहेको र राम्रो कथा भेटमा निर्माण गर्ने बतायौं ।
यमजीले आफूसँग भएको कथा हामीलाई दिनुभयो । त्यो पढेपछि हामीले फिल्म निर्माण गर्ने निर्णय लियौं । कथा बादी समुदायकी महिलाको भएकाले हामीले पटकथा तयार गर्दा धेरै छलफल र अनुसन्धान गर्यौं । नेपाली दर्शकलाई फरक किसिमको कथा पर्दामा ल्याउन हामीले सक्दो मेहनत गरेका छौँ ।

यो फिल्म हेरेपछि बादी समुदायको बारेमा दर्शकले थाहा पाउनु हुनेछ, अहिले हामी कहाँ आइरहेका धेरै जानकारी गलत पनि छन् । तर, यो विशुद्ध आमा र छोरीको कथा हो ।षट्कोण आट्र्सबाट बन्ने फिल्म मैले नै निर्देशन गरिरहेको छु, तर यो कथा यमजी को भएको र उहाँ बर्दियाकै भएकाले कथालाई न्याय गर्नुहुन्छ भन्ने विश्वासका साथ हामीले निर्देशनको जिम्मा दिएका हौँ । हाम्रो निर्णय सही भएको हामीलाई थाहा छ, आगामी वैशाख १८ मा फिल्म प्रदर्शन भएपछि फिल्मकर्मीसँगै दर्शकले पनि थाहा पाउनु हुनेछ ।

विशाल देवकोटा-

म थियटरमा काम गरिरहेको थिएँ । एउटा नाटक हेर्न आएपछि मलाई नोटिस गर्नुभएको रहेछ । षट्कोण आट्र्सले फिल्म बनाउने र स्वस्तिमा खड्का जस्तो कलाकारसँग काम गर्न पाउने भएकाले दंग थिएँ । किनकि स्वस्तिमाले आफूलाई ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्ममार्फत अभिनयमा प्रमाणित गरिसक्नुभएको छ भने उहाँको कमर्सियल भ्यालूका बारेमा मैले केही भन्न पर्दैन ।

‘लालीबजार’ मा उहाँको जोडीका रुपमा काम गर्न पाउँदा मैले सिक्ने अवसर पनि पाएँ । हामी सबै कलाकारले षट्कोण आट्र्सका बारेमा जे सुनेका थियौँ, त्यो पायौं । यस्ता फिल्महरू हल भित्र नै सकिदैनन्, घर, परिवार र गाउँ समाजमा पुग्छन्, छलफल हुन्छन् भन्ने मलाई लागेको छ ।

प्रशंसा सुवेदी-

म अभिनय गर्ने तयारी गरिरहेकी थिएँ, केही ठाउँमा अडिसन पनि दिएकी थिएँ तर सहकार्य जुरेको थिएन । त्यसकारण पनि नेपाली फिल्मको खबर बारे म जानकार नै हुन्थे । एकदिन मलाई रवीन्द्र अंकल (रवीन्द्रसिंह बानियाँ) ले फिल्ममा काम गर्न ‘इन्ट्रेस्टेड’ हो भने आएर अडिसन देउ भन्नुभयो ।

‘लालीबजार’ का बारेमा म जानकार थिएँ, सोही कारण म अडिसन दिन पुगें । केही भिडिओ हेरेपछि र केही समय लिएपछि म छनोट भएको खबर पाएँ । पहिलो फिल्ममा नै षट्कोण आट्र्स र स्वस्तिमा दिदी ९स्वस्तिमा खड्का० सँग काम गर्न पाउँदा निकै खुसी छु ।

म सहरमै हुर्किएको कारणले ग्रामिण भेगको देखिनु पर्ने र लवजमा पनि काम गर्नु पर्ने थियो । मलाई कलाकार र निर्माण टिम, निर्देशकले धेरै हेल्प गर्नुभयो । वर्कशपले मलाई धेरै ज्ञान दियो, मैले सक्दो मेहनत गरेकी छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय