निर्देशनमा मम्मी कडा -सुहाना थापा 

२०८३ बैशाख १०, बिहीबार १४:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका सुहाना थापाले होमप्रडक्सन फिल्मबाट बाहिर पहिलोपटक परालको आगो चलचित्रमा अभिनय गरेकी छन् । फिल्म परालको आगो प्रदर्शनमा आउदैछ यहि बैशख ११ गते शुक्रबारबाट । नायक प्रकाश सपुतसंग पेयरको रुपमा देखिएकी सुहाना टिपिकल लुक्समा साह्ै सुहाएकी छन् । त्यसो बाहिरको प्रोजेक्टमा काम गर्दा सुहानाले सहज महशुस गर्दै भनिन निर्देशक लक्ष्मण सुनारले सहज बनाइदिएको उनले सुनाइन त्यसो त नायिका सुहाना आफ्नै मम्मी नायिका झरना थापाको निर्देशनमा यस अघि काम गरीरहेकी थिइन र अहिले निर्देशक र प्रोजेक्ट फरक हुदा ममी सार्है स्ट्रिक निर्देशक हुनुहुन्छ उनले सुनाइन । परालको आगोमा गौथलीको भुमिकामा रहेकी नायिका सुहनाको चर्चा चारैतिर भैरहेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको परालको आगोमा प्रकाश र सुहाना सहित सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । हरिओम सिने मेकर्सका सुशील पोखरेलको लगानी रहेको फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।

स्वर्गीय गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य९स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय