कुमार गजुरेलको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘सारथी’ को शुभमुहूर्त काठमाडौंस्थित भद्रकाली मन्दिरमा सम्पन्न गर्दै छांयाकनको लागि निक्लिएको छ । सौर्यल थापा निर्माता रहेको यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा रदिप श्रेष्ठ र प्रदिप रायमाझी रहेका छन् भने लाइन प्रोड्युसरमा अमीर केसी रहेका छन् ।
सोमबार औपचारिक पूजा सम्पन्न गरेपछि निर्माण टिम छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको हो।निर्देशक गजुरेलका गुर्जा खानी आसपासका रमणीय स्थानहरूमा करिब ४० दिनसम्म पहिलो चरणको छायांकन गरिनेछ।
चलचित्र ‘सारथी’ मार्फत करिब तीन दशकदेखि सम्पादन क्षेत्रमा सक्रिय रहेका वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता रूपमा देखिन लागेका छन्। उनले आफ्नो लामो अनुभवलाई उपयोग गर्दै दर्शकका लागि फरक र आकर्षक कथा प्रस्तुत गर्ने लक्ष्य लिएको बताएका छन्।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा बन्ने यस चलचित्रमा अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह लामो अन्तरालपछि पुनः एकसाथ देखिन लागेका छन्। शुभमुहूर्त कार्यक्रममा निरुता सिंह सहभागी थिइन् भने उत्तम प्रधान वैशाख १५ गते नेपाल आएर छायांकनमा सहभागी हुने तयारीमा छन्।
कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै, नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्त्यालको पनि उपस्थिति रहेको थियो।
चलचित्रमा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ।
फोटो फिचर



