संयुक्त विद्यार्थी संगठनले विभिन्न मागसहित सरकारविरुद्ध प्रदर्शन गरेका छन् । संगठित हुन पाउने अधिकार खोसिएको, विद्यार्थीलाई दिइँदै आएको गाडी भाडा छुटबाट वञ्चित गरिएको, महँगी बढेको, अभिव्यक्ति स्वतन्त्रतामा अंकूश लगाइएको भन्दै उनीहरूले खबरदारी गरेका छन् ।
नेपाल ल क्याम्पस स्ववियु र कानुनका विद्यार्थीले पनि सरकार अधिनायकवादी ढंगले प्रस्तुत भएको भएको भन्दै मार्चपास गरेका छन् ।


