तेश्रो‘ नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ को तेश्रो दिनसम्म १ करोड २५ लाखको ब्यापार भएको आयोजक नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ । संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिेनाले तेश्रो दिनसम्ममा आंकलन गरेभन्दा बढी अवलोकनकर्ताहरुले एक्सपोमा आएर फुलबिरुवा तथा कृर्षिऔजारहरु खरीद गरेको बताउदै तेश्रो दिन सम्म १ करोड १५ लाखको कारोवार भएको जानकारी दिनुभयो ।
संघका बरिष्ठ उपाध्यक्ष तथा एक्सपो संयोजक रविनकुमार गौतमले सबै भेराइटी एकैठाउमा पाइने भएकाले पनि सबैको आकर्षण बढेको र संघले पनि उपभोक्ताको मागलाई ध्यानमा राखेर एक्सपोमा आवश्यक बोटबिरुवाहरु राखेकाले एक्सपोमा अवलोकनकर्ताहरु बढेको बताउनु भयो । काठमांडौ नर्सरीका संचालक तथा संघका सल्लाहाकार कुमार कसजुले यस्ता खालका एक्सपोले राज्यलाईनै फाइदा पुगेको बताउदै रोजगारको सृजना गरेको बताउनु भयो । तेश्रो‘ नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ को तेश्रो दिन अवलोकनकर्ताहरुको अत्याधिक भीड रहेको थियो ।
बिहिबारबाट शुरु भएको एक्सपो सोमबार अर्थात चैत्र २३ गतेसम्म सम्म चल्नेछ । फोटो फिचर



