नायिका केकीलाई ओझेलमा पार्ने सुपलाको चर्चा

२०८१ बैशाख १४, शुक्रबार १३:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शुक्रबार बाट प्रदर्शनमा आएको नायिका केकी अधिकारी निर्मित चलचित्र बोक्सीको घरमा एकसेएकका कलाकारले अभिनय गरेका छन् । सुलक्षण भारतीले निर्देशन गरेको चलचित्र बोक्सीको घर हेरेर छीनिक्लिएपछि एक पात्र जुनालाई कसैले बिर्सदैनन । सुपला सापकोटा नायिका केकीकै बालअवस्थाको जुना पात्रको अभिनय गरेकी उनले सबैको मन जित्छीन् र भावुक पनि बनाउछिन् । सुपला सापकोटाले अभिनयमा अब्बल मानिएकी केकीलाई पनि ओझेलमा पारेकी छन् ,उनको भुमिका त्यति बलियो रहेको छ ।

बजारमा केकीको अभिनयको चर्चा हुदैगर्दा केकीसंगै एकसाथ स्क्रिन शेयर गरेकी बालकलाकार सुपला सापकोटाले केकीलाईनै छायामा पारेकी छन् । जुन नायिका केकीले पनि स्विकार गरीन फिल्मको प्रिमियरमा केकीले सुपलालाई अंकमाल गर्दै भनीन मेरो चर्चा फिल्म अघि गित टेलरमा थियो तर फिल्म रिलिज भैसेकेपछि सुपला नै फिल्ममा अब्बल छिन । यसअघि खास नाम नसुनिएकी सुपला सापकोटा फिल्म तथा नाटकका अब्बल कलाकार भोलाराज सापकोटाकी छोरी हुन । फिल्म हेरेर निक्लिएपछि सुपला सापकोटाको छाप सबैको मनमा बस्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय