पुजार सार्कीको ट्रेलरमा प्रदीप खड्का अब्बल

२०८१ बैशाख २६, बुधबार ०३:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र पुजार सार्कीको ट्रेलरमा नायक प्रदीप खड्काले निभाएको पात्र सशक्त देखिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरीएको दिनेश राउतले निर्देशन गरेको चलचित्र पुजार सार्कीमा प्रदीपसंगै नायक आर्यन सिग्देल पल शाह रहेका छन् । जातियताको कथा उठान गरीएको चलचित्र पुजार सार्कीको कथा विकास सुबेदीले लेखेका हुन भने सुवास भुषाल चलचित्रका निर्माता हुन । ट्रेलर सार्वजनिक भैसकेपछि नायक प्रदीप खड्काको चौतर्फी तारीभ भैरहेको छ उनले यसअघि प्रकाशमा पनि उनले चक्लेटी लबरब्वईको छापबाट आफुलाई फरक अभिनय गर्न सक्ने अब्बल कलाकारको परिचय दिइसकेका छन् । चलचित्रमा अञ्जना बराइली ,परिक्षा लिम्बु मोहन निरौला ,सुवास गजुरेल लगायत रहेका छन् । जेठ १० गतेबाट चलचित्र प्रर्दशनमा आउदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय