‘सतीदेवी’ साउन ४ मा एक्लै आउदै

२०८१ बैशाख २६, बुधबार ०४:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मलिका महत्त केन्द्रिय भुमिकामा रहेको चलचित्र सतीदेबी साउन ४ बाट प्रदर्शनमा आउने भएको छ । लक्ष्मण सुवेदी निर्देशित तेस्रो फिल्म हो ‘सतीदेवी’ निर्देशक सुवेदीले आगामी साउन ४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले बितरण गर्नेछ । हालसम्म साउन ४ गते अन्य चलचित्र प्रदर्शनको मिति तोकीएको छैन ।

फिल्मको फर्स्टलुक पोस्टरमा अभिनेत्री मलिका महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा देखिएकी छन् । फिल्मले विभिन्न फेस्टिभलहरुमा महत्त्वपूर्ण विधामा अवार्ड समेत जितिसकेको छ ।

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको अभिनय छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदी स्वयंको लेखन छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय