खजुरे ब्रोको प्रिमियरमा रेयरलाई तरीफनै तारीफ

२०८१ बैशाख २६, बुधबार ०३:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘खजुरे ब्रो’को मंगलवार काठमाडौंको सुन्धारास्थित सिभिल मलमा प्रिमियर गरीएको छ । रेयर राई महेश त्रिपाठी नीति शाह लगायतको अभिनय रहेको चलचित्र खजुरे ब्रोको प्रिमियर हेरेपछि कलाकार रेयर राईको सबैले प्रशंसा गरे , उनले केन्द्रिय भुमिका कमेडी पात्रको अभिनय गरेका छन् । सुरज सुनुवारको लेखन तथा निर्देशन मा बनेको खजुरेब्रो प्रिमियरमा मोडलहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । रेअर र महेशका साथै अभिनेता तथा निर्माता नवीन मानन्धर, अर्का अभिनेता पुष्कर कार्की र,अभिनेत्री विनिता थापा लगाएत सबै कलाकारहरुले प्रशंसा गर्न लायक अभिनय गरेको प्रिमियरमा प्रतिक्रिया मिलेको थियो । नीति शाहले अभिनेत्रीको रुपमा खजुरे ब्रो फिल्मबाट डेब्यु गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय