नायिकामा हुनुपर्ने सबै गुण भएकी नायिका हुन स्वस्तीमा खड्का । नायिका स्वस्तीमा दुई रुपैया फिल्मको कुटुमा कुटु गितमा नृत्य गरेपछि चौतर्फी उनको परिचय र चर्चा बढ्दै गयो , अभिनयमा पनि चर्चा गर्न लायकको पात्रमा पर्ने गर्छीन ,त्यसोत उनी बेहुली फ्रम मेघौली फिल्मबाट निर्माता पनि बनेकी छन् ।
बजारका हरेक उत्पादनका ब्रान्डहरुमा पनि उनको माग बढ्दो छ । निर्देशक तथा कलाकार निश्चल बस्नेतसंग विवाह गरेपछि फिल्मी करीयरमा झनै चम्कीएकी नायिका स्वस्तीमा हरेक इभेन्ट तथा कार्यक्रममा पुग्दा आफ्नो लुक्स सबैको नजरमा पर्ने गरी पुग्छीन , चाहे डे«सअप मेकअप होस या हेयर स्टाइलनै ,उनको शरीरको हाइट वेट फिट भएकाले पनि उनी जस्तो लुक्समा पनि आकर्षक लाग्छीन । अब दर्शकको माझमा उनैले निर्माण गरेको बेहुली फ्रम मेघौली लिएर आउदैछीन ।