कहा चुक्यो मनसरा ? मुख्य बिषयको ब्रान्डीङनै छैन

२०८१ बैशाख २३, आईतवार ०७:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र मनसरा प्रति धेरै अपेक्षा थियो दर्शकले मन पराउने र कमर्सीयल हिट हुने कुरामा तर भैदियो उल्टो । चाहिने भन्दा बढी आत्मविश्वासले गर्दा धेरैपटक धेरै फिल्मले हावा खाएको छ राम्रो हुदाहुदै पनि । उपेन्द्र सुब्बाको कबडी र जारीको छाप ,दयाहाङ राई र मिरुनाको जोडी भएपछि फिल्म यसै चल्छ भन्ने भ्रमका कारण फिल्म राम्रो हुदहुदैपनि सोचे जस्तो दर्शकको साथ पाउन सकेन मनसाराले । बजारमा ल्याउने हरेक सृजना फरक हुन्छ फरक समय हुन्छ सृजनाको मुख्य कुरा के हो दर्शकलाई जानकारी गराउन फरक तरिकाले ब्रान्डीङ गर्नुपर्छ भन्ने नबुझदा गुणस्तरीय सुजनाहरु तेुै मर्छन ।
कहा चुक्यो मनसरा
मनसारा फिल्म पहिलो कुरा नाममै दर्शकहरु भ्रममा परे , मनसरा धानको एउटा प्रजातीको नाम हो तर पुर्वतिर प्रचलित , कतिपय भाषा शब्द नाम संस्कृति भौगोलीक हिसाबले एकातिर चर्चित भएपनि अर्कातिरका मानिसहरुलाई थाहा नहुन सक्छ , यसैले मनसरा भनेको के हो भन्नेमानै अलमल भयो । अर्कातिर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झै फिल्मको बिषय बस्तु एकातिर छ अर्कोतिर प्रचारप्रसार गरीएको छ ।

मनसराको पब्लसीटी गर्दा माया केहो देखाउन खोजीएको छ जातका कुरा देखाउन खोजीएको छ भनेर गरीयो , तर मनसारा  हेरेपछि मुख्य फिल्मको गुदी भनेको नेपाली समाजको गम्भीर र सम्बेदनशील बिषय र समस्या पुरुषमा हुने बाझोपनलाई प्रष्ट देखाइएको छ जस्को नाम निशाना कतै पनि लिइएन । नेपाली समाज पितृसतात्मक समाज हो यहा पुरुषले आफ्नो शारीरीक कमजोरी भए पनि आफुबाट सन्तान हुदैन भन्नै चाहदैन र सन्तान नहुदा एउटा पुरुषले कतिसम्मका कुराहरु समाजबाट फेस गर्नुपर्छ भन्ने बिषय मनसाराको मुख्य बिषयबस्तु हो , शायद यो बिषयलाई प्रचारप्रसारमा ब्रान्डीङ गरेको भए चलचित्र हेर्न महिलाहरु भन्दा पुरुषहरु बढी आउथे होलान् जसरी बोक्सीको घरमा महिलाहरु सहानुभुतिका साथ हलमा ओइरीएका छन् ।

मनसाराले प्रचारप्रसार गर्दा माया प्रेमका कुरालाई जोड दियो , जबकी हरेक संयोगान्त बियोगान्त ,सामाजीक जुनैपनि कथामा माया प्रेमका कुरा त स्वतह आइहाल्छ , यतिसम्मकी मनसराको प्रीमीयर हेर्नेहरुले पनि यो बिषयको बारेमा शब्द निकालेर प्रतिक्रिया दिएनन , उपेन्द्र सुब्बाले मायालाई अत्यन्तै राम्रोसंग प्रस्तुत गरेका छन् भन्न बाहेक । प्रबिण खतिवडाको बेजोड अभिनय रहेको हरेक कलाकारले कतै खोटनै लगाउन नमिल्ने गरी अभिनय गरेको मनसराले उठाएको बिषयवस्तु गहन हुदाहुदै पनि आफ्नै सामान नचिन्दा हराएझै भयो , अर्कोतिर अघिल्लो साता रिलिज भएको बोक्सीकमे घरले दर्शकको मन जितिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय