५ लाख र विश्व भ्रमण अवसर जित्न भाग लिनुहोस द स्पिकिङ्ग टाइटनमा

२०८१ बैशाख २६, बुधबार ०४:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बोल्ने र बोल्न चाहने प्रतिभाहरूको लागि रियालिटी शो द स्पिकिङ्ग टाइटनको घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागी डिजिटल अडिसन समेत खुलाइएको छ । बिजेतालाई नगद ५ लाख र विश्व भ्रमण सहित बिभिन्न ब्रान्डसंग एसोसीयट हुन पाउने अवसर सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने द स्पिकिङ्ग टाइटनु मा सहभागी हुनका लागि DAAMI MUSIC APP र daamimedia.com  मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । साथै “द स्पिकिङ्ग टाइटन” को आधिकारिक फेसबुक पेज र आधिकारिक Whatsapp 9843950382  मार्फत पनि आफ्नो ३ मिनेटको कुनै एक टपिकमा भिडियो बनाई पठाउन सक्नेछन् ।

प्रतियोगिताको लागी बिश्वभरबाट नेपाली भाषीले सहभागिता जनाउन सकिने जनाइएको छ । प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागी निमन्त्रणा गरिने आयोजकले जनाएको छ । कार्यक्रमका बिजेताले नगद ५ लाख सहित वल्र्ड टुर गर्ने र बिभिन्न ब्रान्डसंग एसोसीयट हुने अवसर प्राप्त गर्नेछन्

द स्पिकिङ्ग टाइटनुमा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन् ।

दामी मिडियाको प्रस्तुति रहेको द स्पिकिङ्ग टाइटन को कन्सेप्ट तथा डिजाइन सुदिप पोख्रेलले गरेका हुन् भने डिजाइन पार्टनरको रूपमा टौवा स्टुडियो रहेको छ । कार्यक्रमलाई अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् ।

स्पिकिङ्ग टाइटनको ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटल तर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ । कार्यक्रम जेठको अन्तिम साताबाट टेलिभिजनमा प्रशारण गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय