नायिका केकी बनीन् स्टार तर मान्न तयार छैनन

२०८१ बैशाख २३, आईतवार १३:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

नेपाली चलचित्र क्षेत्रमा महिला पात्रलाई हिरो र स्टारको रुपमा स्विकार गर्न मान्दैन नायिका केकीले फिल्म रिलिज अघि एक कार्यक्रममा आफ्नो अनुभव साटेकी थिइन् , आफ्नै ब्यानरमा निर्मित बोक्सीको घर चलचित्रको डिजिटल सेल्सको लागि प्लाटफर्म खोज्दै जांदा हिरो खोजीयो र जति रेट हिरो भएकोलाई दिइन्थ्यो त्यति रेट पाउन सकेन , अहिले पनि हिरो खोजीन्छ फिल्ममा महिला पात्रलाई हिरो मानिदैन कथा बस्तु मेकीङ सबै बलियो छ तर पनि हिरो खोजीन्छ ,हिरो नभएर सि (उनि ) हिरोनीज्म पनि त हुन्छ नी केकीको गुनासो थियो ।

सांच्चैनै केकीलाई यतिबेला हिरो र स्टार मान्न तयार छैनन, नायिका केकी अधिकारीले निर्माण र केन्द्रिय भुमिकामा रहेर अभिनय गरेको चलचित्र बोक्सीको घरमय भएको छ सिनेमा हलहरु, दोश्रो सातामा पनि । सुलक्षण भारतीले लेखेको र निर्देशन गरेको नाटक बोक्सीको घरलाई फिल्मको रुप दिएर दर्शक माझ ल्याउदा यस्ले आम दर्शकको मन जितिरहेको छ । बोक्सीको घरले बक्स अफिसमा अनपेक्षीत ब्यापार गरीरहंदा फिल्ममा क्षेत्रमा तरंग छाएको छ ।

न स्टार न परिचित कलाकार न जल्दोबल्दो मेकर तर बोक्सीको घरले खायो भन्दै फिल्मकर्मी र फिल्म बिज्ञहरु आफ्नै तर्क अघि सारीरहेका छन् ,हलमा दर्शकको भीडले बुझीन मैले गित पर्दामा आएसंगै नाचेर उत्सव मनाइहंदा कति त भित्र भित्रै जलीरहेका छन् नायिका केकी बाहेकका अन्य खुराक झिक्दै कसैले कन्टेन्ट चलेको भन्छन् कसैले प्रकाश सपुतले गित नबनाइदिएको भए के फिल्म चल्थ्यो गितकै कारण मात्र फिल्म चलेको हो कसैको तर्क छ महिलाको सहानुभुति अक्रकबक्रम तर्क गरीरहंदा नायिका केकीको डेढदशक लामो फिल्मी करीयरमा उनले गरेका अभिनयमा मेहनत योगदान अनि उनको अभिनयमा सबैलाई मोहीत पार्ने क्षमता र केकीले नै अभिनय गरेका फिल्म हिटलिस्टमा पर्दा उनले क्रेडीट नपाएका फिल्महरु थुप्रै छन् ।

स्वर फिल्मबाट डेब्यु गरेर बोक्सीको घरसम्म आइपुग्दा नायिका केकीले हरेक कामबाट आफुलाई अब्बल नायिकाको रुपमा प्रमाणीत गरीसकेकी छन् तर फिल्म क्षेत्रमा यतिबेला नायिका केकीको एक्लो अनुहार भएको पोष्टर टास्दै प्रचारमा निक्लिएको बोक्सीको घरले दोश्रो साताको आइतबारसम्म आइपुग्दा ८ करोड माथिको ब्यापार गरेको आंकडा छ बिदेशमा उत्तिकै माग छ फिल्मको तर फिल्म क्षेत्रका बिज्ञहरु नायिका केकीको नामले फिल्म चलेको खुलेर भन्न कन्जुस्याई गरीरहेका छन् । त्यसोत फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारतीको पनि चर्चा गर्न चाहंदैनन ।

बोक्सीको घर टिमले कुनै फन्डा , हलको शोज थप्न कुनै दबाब या चाडपर्व बिशेष कुनै अवसर छोपेको पनि हैन स्वतस्फुर्तरुपमा दर्शकहरु आइरहेका छन् । केहिले त मिडियालेनी केकी अधिकारीलाई पक्षपात गर्नेरहेछ भनेर आरोप लगाइरहेका छन् , कुनै हिरोइनको फिल्म चल्दा एक दिनको लागि भएनी दर्शक आफैले किनेर लगेर फिल्महलमा फोटो भिडियो खिचाइ वाउ मेघा स्टार यति पारीश्रमीक उति भनेर चर्चा गर्दा नायिका केकीको चर्चा गर्दैन ।

गित ,कन्टेन्ट र स्टार अभिनय गतिलो नभै र टिमवर्क नभै फिल्म चल्दैन । नायिका केकी अधिकारीले बोक्सीको घर फिल्म बनाउछु भनेर लगानी गर्नुनै ठुलो साहास हो भने अहिले दर्शकले साथ दिनु उनको स्टारडम हो भन्न कन्जुस्याई गर्न मिल्दैन । नायिका केकी अधिकारीले दुई दर्जन बढी फिल्ममा अब्बल अभिनय गरेकी छन् उनले जस् नपाएपनि हिटलिस्टमा उनले अभिनय गरेको फिल्महरु रेकर्डमा छन् ,तर यि सबै कुरालाई बिर्सिएर कत्तिले त नपत्याउने खोलाले बगायो भनेर उडाइरहेका छन् ।

यो सत्य हो रिलिज अघि बोक्सीको घरलाई दर्शकले साथ दिन्छन कसैलाई विश्वास थिएन तर कथावस्तु प्रस्तुतीले दर्शकलाई छोएपछि कसैको केही लाग्दैन । त्यसो त फिल्ममा कम्जोरी छैन भन्ने हैन तर नेपाली समाजको कुरीती अन्धविश्वास को कथा बस्तु बोक्सीको घरले मन जितेको छ । बोक्सीको घरले नेपाली चलचित्र क्षेत्रमा निर्माण भैरहेको भास्यहरु जस्तै महिला पात्रमा स्टारडम हुदैन , उमेर ढल्केपछि एउटा नायिकाले फिल्म चलाउन ,बनाउन सक्दैन , बिहेगरेपछि फिल्मी करीयर सकियो हिरोइन बनेको सुहाउदैन, उमेर ढल्केपछि हिरोइन नमान्ने लगायतका बिषयहरु गलत साबित भएको छ ,यसअघि नायिका रेखा थापाले महिला पात्र पनि हिरो बन्न सक्छन भनेर दिएको उदाहरणलाई पछ्याउदै नायिका केकी अधिकारी स्टार बनेकी छन् । बर्ष २०८१ कै शुरुवातमा नायिका केकी अधिकारीले छलाङ मारेकी छन् र फिल्मबाट नया पात्रहरु पनि जन्माएकी छन । बो

क्सीको घरमा अभिनय गर्ने बालिका सुपला अधिकारी उत्तिकै चर्चामा छिन् भने सेविता अधिकारी ,स्वेच्छा राउत सुलक्षण भारती ,सविन बास्तोला ,रमा थपलीया ,सुष्मा निरौला जिवन बराल को अब्बल अभिनय रहेको छ । गायक प्रकाश सपुतको शब्द संगित र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको बुझीन मैले गितले चलचित्रको प्रमोशनको लागि मुख्य भुमिका खेलीरहेको छ । जे होस कसैले स्टार मेघा स्टारको ट्याग नलाएपनि  अकबरी सुनलाई कसी लगाउनै पर्दैन भनेझै दर्शकले साथ दिएपछि दर्शकको लागि स्टार नै बनेकी छन् नायिका केकी ।

 

 

शारदा थापा

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय