हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा ज्ञानु राणालाई दीर्घ साधना सम्मान

२०८१ बैशाख २३, आईतवार ०६:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० मा वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मानु प्रदान गरिने भएको छ । मंगलबार काठमाडौंमा हुने अवार्डमा अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान प्रदान गरिने छ भने शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद देवकोटालाई पत्रकारिता सम्मान गरिने निर्णय भएको अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिएका छन् ।

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो संस्करणको यो अवार्डमा गीत संगीत विशेष सम्मानबाट सिक्किमका जीवन शर्मा र चलचित्र विशेष सम्मानबाट सिक्किमका अभिनेत्री रुश्मा राई लाई पनि सम्मान गरिने अवार्ड संयोजक गिता अधिकारीले बताईन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय