बसन्त फिल्ममा प्रकाश सपुतको आफनै कथा प्रदर्शन चैते दंशैमा

२०८१ बैशाख २३, आईतवार ११:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लोकप्रीय गायक तथा मोडल प्रकाश सपुतले आफ्नै कथा संगित र निर्देशनमा बसन्त नामक फिल्म बनाउने भएका छन् । आइतबार एक कार्यक्रमको आयोजना गर्दे प्रकाश सपुतले निर्देशन गर्ने चलचित्रको ५ मिनेट लामो एक परिचयात्मक भिडियो पत्रकारमाझ प्रस्तुत गर्दै बसन्त नामक फिल्म निर्माणको घोषणा गरीयो । कमलमणी नेपाल ,अनुप बराल ,प्रकाश घिमिरे ,प्रकाश सपुत नायिका स्वस्तीमा खड्का लगायतले भिडियोमा बन्न लागेको बसन्त फिल्मको सार र भाव ब्यक्त गरेका छन् । फिल्ममा नायिका स्वस्तीमा खड्का लिड रोलमा रहेको बताइएको छ ।यस अघि परदेशी २ मा अभिनय गरेका प्रकाशले बसन्तमा पहिला आफ्नै कथा भनौं अनि अन्य बिषयको बारेमा फिल्म बनाउला भनेर आफ्नै कथा प्रस्तुत गर्न लागेको बाताए । फिल्म बसन्तको प्रदर्शन आगामी चैते दंशैमा गर्ने भनेर मिति समेत तोकीएको छ । गलबन्दी प्रडक्सनको प्रस्तुतीमा बन्न लागेको बसन्त फिल्ममा सहायक निर्देशक सुनिल बिक रहेका छन् भने ,निर्मातामा अनुरोध भटराई ,मोहन विश्वकर्मा र नेन्सी शेरचन रहेका छन। फिल्म बसन्तको सुटीङ आगामी भदौ बाट गरीने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय