रचना र रमेशले जिते उत्कृष्ट युगल गायन अवार्ड

२०८१ बैशाख २६, बुधबार ०५:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राजधानीमा मंगलबार सम्पन्न चौथो हिमालयन इन्टरनेशनल अवार्ड २०२४ मा उत्कृष्ट युगल गायन आधुनीक बिधा बाट उत्कृष्ट गायक र गायिकाको अवार्ड गायिका रचना रिमाल र गायक रमेश पाठकले जितेका छन् । रचना र रमेशले गायको मायाकै पीर गितबाट उत्कृष्ट गायक र गायिकाको अवार्ड जितेका हुन ।

रमेश पाठकको आफ्नै शब्द संगितमा रमेश र रचनाले गाएको गित हो मायाकै पीर । अवार्ड जितेपछि लोकप्रीय गायिका रचनाले खुशी लागेको बताइन उनले भनिन मैले त्यस्तो धेरै अवार्ड पाएको छैन आज अवार्ड प्राप्त गर्दा खुशी लाग्यो । यस्तै गायक पाठकले पनि रचना संग गाएको गितले युगल गायनमा उत्कृष्ट युगल गायकको अवार्ड पाउदा खुशी लागेको बताए ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको चौथो हिमालयन इन्टरनेशनल अवार्डमा बिभिन्न बिधामा अवार्ड प्रदान गरीएको थियो । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० मा वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान, चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान र शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मानसंगै विनोद देवकोटालाई पत्रकारिता सम्मान गरीएको थियो ।

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरीएको चौथो संस्करणको यो अवार्डमा गीत संगीत विशेष सम्मानबाट सिक्किमका जीवन शर्मा र चलचित्र विशेष सम्मानबाट सिक्किमका अभिनेत्री रुश्मा राई सम्मानीत भएका थिए , कार्यक्रममा गितसंगित र साहित्य क्षेत्रका ब्यक्तित्वहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय