स्टारडम देखाउने कलाकार मन पर्दैन -निर्देशक सुलक्षण भारती

२०८१ बैशाख १४, शुक्रबार १४:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

एक घन्टाको बोक्सीको घर नाटकलाई १ घन्टा ३९ मिनेटको चलचित्र बनाएर दर्शकको माझ ल्याएका छन् सुलक्षण भारतीले । उनको यो पहिलो निर्देशन हो चलचित्र । त्यसो त भारतीले लेखेका अभिनय गरेका दर्जन बढी नाटकहरु रहेका छन्  २२ /२४ बर्ष देखि निरन्तर नाटक लेखनमा छन् तर उनि  खासै परिचित थिएनन । जब बोक्सीको घर नाटकलाई चलचित्रको पर्दामा उतारेर दर्शक माझ पस्किए तब उनको चर्चा बढ्दैछ । पहिलो चलचित्र निर्देशन गर्दा निर्देशकको रुपमा उनको प्रशंसा भैरहेको छ खासै खोट लगाउने ठाउ छैन र बोक्सीको घरमा उनले केमियो रोल पनि गरेका छन् । उनै सुलक्षण भारतीसंग बोक्सीको घरसेरोफेरोमा रहेर गरीएको कुराकानी ।

# बोक्सीको घर के हो ?
बोक्सीको घर एउटा बिम्ब हो यस्ले प्रश्न उठाउछ , बोक्सी छ भन्ने बिश्वास छैन तर कत्तिको निर्मुल छ देखाउन खोजिएको छ ,अहिले पनि ग्रामीण भेगमा महिला माथि कसरी बोक्सीको नाममा चरम यातना दिईन्छ भन्ने बिषय छ ,यो बिषयमा मेरो आफै साथीको आमाको इमोसन पनि जोडीएको छ । खासमा म आफै पनि बोक्सीको घर कहा रहेछ भनेर खोज्दै हिडेको हो ।
झन्डै दुई घन्टा को फिल्म बनाउन चुनौती थियो नाटक र फिल्मको स्कृप्ट एउटै भएपनि टेक्नीकल पार्ट फरक हुन्छ तर म सिनेमाको बिद्यार्थी पनि भएकोले गर्दै गएपछि सकिने रहेछ। सबैले मन पराइरहनु भएको छ ।

# नाटकलाई फिल्मको पर्दामा उर्तान कसरी सहमत हुनुभयो ?
यो कोक्सीको घर नाटक सन २०१४ ताका नाटक घरमा प्रदर्शन गरीएको थियो , त्यतिबेला नायिका केकी अधिकारीले हेर्नुभएको रहेछ र उहाले यसले मेरो मन छोयो फिल्म बनाउन पर्छ भन्नु भयो अनि मैले पनि कोही निर्माता आउछ भने किन नगर्ने त नाटक घरमा सिमित मानिसहरुले हेरेको कथा फिल्मकै पर्दामा आएपछि ठुलोमासमा जान्छ भन्ने लाग्यो , लामो समय भयो नाटकको रङमन्च ,बन्द कोठा भित्र बसेको म धेरै मान्छे चिन्दिन र नाटकले मलाई चिनाएन पनि , मासमा पनि सहभागि हुने रहर जहिलेपनि एउटा सर्जकलाई लोभ हुन्छ, बोक्सीको घर फिल्म बनाउन सहमत भए ।

#नाटकमा थिएटर क्वीन भनेर चिनिने सरिता गिरी हुनुहून्थ्यो फिल्ममा केकी केन्द्रिय पात्र कसरी छान्नु भयो ?
,
हो पहिलो छनौट सरिता नै हुनुहुन्थ्यो फिल्ममा पनि ,तर एज फ्याक्टर को कारण राख्न सकिन उमेरको भेरिएसन भएकोले सरिता जि लाई भर्खर को देखाउन सकिन ,तर केकी जीले मै खेल्छु भन्नु भएको थिएन पात्र आफै छनौट गर्नुस भन्नु भएको थियो , एउटा कुरा याद गरे कलाकारले निर्देशकलाई सुन्नुपर्छ केकी जीले सुन्नु हुन्छ जस्तो लाग्यो , त्यसैले मेरै अगाडि कलाकार भएपछि अर्को किन खोज्ने भन्ने लाग्यो । शुरुमा केकी जीमा मैले बुझेको अभिनय भन्दा उहाँको बुझई फरक थियो त्यो बुझाईले फिल्म बन्दैनथ्यो , त्यसैले केकी जीसंग एउटा क्लज थियो उहाले मान्नु भयो तिन महिना अभिनयको क्लास र तिन महिना वर्कसपमा बस्नु भयो । मेरो माइन्डमा चांही केकी नभएको भए सुरक्षा पन्त हुनुहुन्थ्यो । निदर्शेकको भिजनमा कलाकारले काम गर्ने हो मलाई स्टारडम देखाउने कलाकार मन पर्दैन रेस्पेक्ट हुन्छ तर कामसंग कम्प्रोमाइज हुदैन र अनावश्यक हाइप पनि क्रियट गर्न चाहन्न ,एक्टरले राइटरलाई बुझन पर्छ तर यहा त्यस्तो छैन, यि सबै कुराहरु केकी संग मिल्यो उहा केन्दिय पात्र बन्नु भयो एउटा कलाकारको लागि एउटै पर्दामा भेरीयसन देखाउन पाउनु पनि एउटा ठुलो अवसर हो केकीमा देखिन्छ । तरमैले निर्माता हो उस्लाई रिझाउनु पर्छ भनेर चांही केकी लिएको हैन ।
#नाटकमा नै चर्चित हुनुहुनथ्यो फिल्म केको लागि गर्नु भयो ?
हो मैले नचिनेको कोई छैन यस क्षेत्रमा लागेका थुप्रै साथीभाई चर्चित छन् जस्तै दयाहाङ राई हामी संगै काम गर्यो दश बाहर्् बर्ष , सबैलाई था छ येस्ले कथा लेख्छ सृजना गर्छ तर कसैले पनि अवसर भने नदिने रहेछन् आफ्नो लागि आफै संघर्ष गर्नुपर्ने रहेछ ,नाटकले मलाई चिनाएन , मेरो नाटक सबै भन्दिन दुई चार ओटा राम्रा छन र आफुलाई चिनाउनको लागि फिल्म गर्न पर्यो ।#स्कृप्ट धेरै छ भन्नु भयो माग धेरै होला नी ?
हो म संग राम्रो स्कृप्ट छ तर अब देखि म स्कृप्ट बेच्दीन स्कृप्ट बेच्दा स्कृप्टको मर्मनै मर्ने रहेछ अब देखि सके आफै गर्छु नसके कुनै न कुनै माध्यमबाट स्कृप्ट दर्शक माझ लिएर आउछु ।

 #अब देखि निरन्तर चलचित्र निर्देशन गर्नुहुन्छ ?
खासमा म कलाकार हु, कलाकार बन्न संघर्ष गरीरहेको हु र कलाकारीता सिक्नकै लागि स्कृप्ट लेख्दै निर्देशन गरीरहेको छु कोसिस गर्छु ,इमानदार भएर काम गर्दै जाऔ एक बिधाले अर्को बिधालाई असर नपर्ने गरी काम गर्दै जान्छु ,अब मैले अभिनय गरेको बाटो प्रर्दशनमा आउदै छ ।

 

शारदा थापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय