फ्लोरीकल्चर एशोसियसनलाई चेतावनी दिंदै ४० जनाले संस्था परित्याग गरे

२०८१ बैशाख २८, शुक्रबार ०७:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लामो समयदेखि पुष्प तथा नर्सरी ब्यवसाय गरेर फ्लोरीकल्चर एशोसियसन नेपालसंग आबद्ध भएका ४० जना नर्सरी ब्यवसायीहरुले सामुहीक रुपमा फ्लोरीकल्चर एशोसियन नेपालको साधारण सदस्य नरहने गरी संस्था परित्याग गरेको घोषणा गरेका छन् । ४० जना नर्सरी ब्यवसायीहरुले हस्ताक्षर गरेको एक प्रेस बिज्ञप्ती जारी गर्दै फ्यानबाट अलग भैसकेको ब्यवसायीहरुले जानकारी गराएका हुन ।

ब्यवसायीहरुले फ्लोरीकल्चर नेतृत्वले ब्यवसायीको हकहितमा काम नगरेको स्वार्थ केन्द्रीत भएर ब्यवसायीहरुमा निराशा फैलाएको आरोप लगाएका छन् । असंतुष्ट भएर हामी आफै बाहिरीएको हो तर फ्लोरीकल्चरले अनावश्यक रुपमा ब्यवसायीहरु माथी तनाव दिन कहिले सदस्य निष्कासन कहिले के भनेर इगो राखेर गरेको ब्यवहार देखाएको नर्सरी ब्यवसायी रामजी प्रसाद तिमिल्सेनाले बताए ,उनले भने “हामीले भदौ महिनामै नया संस्था नर्सरी ब्यवसायी संघ नेपाल गठन गरी काम गर्न थालीसकेका छौ ,फ्यानले अहिले सदस्य निष्कासन भनेर अनावश्यक पत्र पठाएकोमा हाम्रो घोर आपत्ति छ आगामी दिनमा यस्तो नहोस हामी अगाडि बढिसक्यौं ।” तिमिल्सेना नया गठन गरीएको नर्सरी ब्यवसायी संघको अध्यक्ष हुन ।

फ्लोरीकल्चर एशोसियसनमा आबद्ध ब्यवसायीहरुले असंतुष्टी जनाउदै गत भदौ महिनामा नर्सरी ब्यवसायीसंघ नेपाल नया संस्था गठन गरेर एक्सपो ,तालीम लगायत बिभिन्न गतिबिधि गर्दै आइरहेको छ ।
चालिस जना ब्यवसायीहरुले हस्ताक्षर गरेको बिज्ञप्तीको पुर्ण पाठ यस्तो छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय