‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’ हुने, जेठ २६ गते ग्राण्ड फिनाले

२०८१ बैशाख २८, शुक्रबार ०७:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ र स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल–२०२४’ हुने भएको छ । विद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरूको कला, प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’ हुने भएको छ ।
स्पार्कल इन्टरटेनमेन्टले राजधानीमा पत्रकार सम्मेलन प्रतियोगिता जुनियर र सिनियर गरी दुई भागमा विभाजन गरिएको जानकारी दिएको छ ।

आयोजकका अनुसार ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’मा ६ देखि १२ वर्षसम्म जुनियर र सिनियरतर्फ १३ देखि १६ वर्षसम्मका बालबालिकाले सहभागी जनाउन पाउनेछन् ।

प्रतियोगिताको यो पहिलो संस्करण हो । यस संस्करणमा जुनियर र सिनियर गरी ५० जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने आयोजकले जनाएको छ ।

आयोजक संस्थाकी अध्यक्ष नीतु श्रेष्ठले ५० जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गर्ने बताइन् । उनले भनिन्, “४० जना छनोट भइसकेका छन् । अब १० जना प्रतियोगी छनोट गरिने छ ।”

अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुने प्रतियोगीहरूलाई व्यक्तित्व विकास लगायतका विभिन्न ग्रुमिङ कक्षा दिइने छ । जेठ ४ गतेदेखि प्रतियोगीहरूलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक अमृता राईले जानकारी दिइन् । यस प्रतियोगिताको कोरियोग्राफी मोडल दिक्पाल कार्कीले गर्नेछिन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा ९ग्राण्ड फिनाले० जेठ २६ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा शीर्ष दुई विजेताले उपाधिसहित नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय