बोक्सीको घर हेरेपछि प्रिमियरमा सबै भावुक बने

२०८१ बैशाख १४, शुक्रबार १२:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२०८१ सालको पहिलो शुक्रबार देखि रिलिज फिल्म ‘बोक्सीको घर’को बुधबार बेलुकी सुन्धारास्थित क्युएफएक्स हलमा ४ सय जना बढीको उपस्थितिमा प्रिमियर गरीयो। प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको उपस्थिति थियो । नायिका केकी अधिकारीले निर्माण गरेको
सुलक्षण भारतीको निर्देशन तथा लेखन रहेको फिल्म बोक्सीको घरमा महिलालाई कसरी बोक्सीको आरोप लगाइन्छ र यातना दिइन्छ भन्ने बिषय प्रस्तुत गरीएको छ । प्रिमियरमा बोक्सीको घर हेरेर सबै भावुक बनेका थिए ।

फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सविन बास्तोला, सुलक्षण भारती लगायतका कलाकारको अभिनय छ । मुख्य भुमिकामा रहेकी नायिका केकी अधिकारी प्रिमियरमा रातो साडीमा पुगेकी थिईन । फिल्म हेरेपछि निर्देशक सुलक्षण भारतीको सबैले प्रशंसा गरे ।

फिल्म हेर्न पुगेकी नायिका स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरिन् । नायिका बेनिशा हमाल, निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको खुलेरै तारिफ गरेका थिए । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले बिषयबस्तु अनुसार गज्जबको फिल्म बनेको प्रतिक्रिया दिइन् । निर्देशक शोभीत बस्नेतले नायिका केकीलाई दोश्रो गौरी मल्लको संज्ञा दिए भने बोक्सीको घर कर्मसीयल रुपमा जे भएपनि नेपालको पाठ्यक्रममा समाबेश गर्नुपर्ने बताए । यता कलाकार सलोन बस्नेतले फिल्मको प्रशंसा गरे । नायिका निशा अधिकारीले आफुलाई फिल्म हेर्दा सहन गाहे भएर आंशु झरेको बताईन । गायक प्रकाश सपुतले फिल्मको सबै चिज राम्रो रहेको प्रतिक्रिया दिए । निर्देशक तथा निर्माता अशोक शर्माले पनि यो फिल्मको प्रशंसा गरे । फिल्म हेरीसकेपछि बालबलाकार सुपला सापकोटाको सबैले तारिफ गरे

१ घन्टा ३९ मिनेट लामो यो फिल्मको ‘वुझिनँ मैले वुझाइदेउ कसैले’ गीत चर्चामा छ । यही गीतका कारण फिल्मको हाइप पनि उच्च छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय