
तिहार फ्लोरा एक्सपो २०८०को तेश्रो दिन अवलोकनकर्ताहरुको चाप बढेको छ ।
काठमांडौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा मंगलबार बाट शुरु भएको तिहारको उत्सव फूलको महोत्सव भन्दै नर्सरी ब्यवसायीसंघले गरेको एक्सपो तेश्रो दिनसम्म झन्डै २० हजारले अवलोकन गरेको संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सेनाले बताए ।
तिहार फ्लोरा एक्सपो २०८० मा ६२ वटा स्टलमा १ सय ५० भन्दा बढी प्रजातीका फलफूल तथा बिरुवाहरु प्रदर्शनमा राखीएका छन् ।
एकै टाउमा सबै भेराइटीका नर्सरी फलफूल तथा बिरुवाहरु पाइने भएकाले ग्राहकहरु दोहोराइ तेहराई किन्नका लागि आएको ब्यवसायीहरुले बताए । तिहार फ्लोरा एक्सपो २०८० मा ४० रुपैया देखि २० हजार मुल्यसम्मका फलफूल तथा बिरुवाहरु बिक्रिमा राखीएको छ । कात्र्तिक १४ गते शुरु भएको एक्सपो १८ गतेसम्म चल्ने छ ।