हवन यज्ञ गर्दै एक्टरको मुहूर्त

२०८१ बैशाख ११, मंगलवार १७:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एक्टर नामक फिल्मको मंगलबार बिहान कार्यविनायक मन्दिर भैंसीपाटी ललितपुरमा वैदिक विधिद्वारा हवन यज्ञ गर्दै मुहूर्त गरिएको छ ।
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेको फिल्म ‘एक्टर’को शुभ मुहूर्तमा दिव्यासहित फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।
यही बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइराला, सलोन बस्नेत लगायतको पनि अभिनय रहनेछ । राजबल्लभले यही फिल्मबाट दश वर्षपछि कमब्याक गर्न लागेका हुन् ।

फिल्मको निर्देशन राजन भुसालले गर्नेछन् । निर्देशनमा उनको यो डेब्यु हो । फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् भने सह(निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । फिल्मलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदैछ । अदृत फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई छायांकन गर्ने जिम्मेवारी नरेन्द्र मैनालीले पाएका छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय