“रुमालै छ चिनो”को आमा नबस्नु पर्खेर सार्वजनीक

२०७५ माघ २७, आईतवार १०:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

डेढ दशक अगाडि गायक रेशम थापाले “रुमालै छ चिनो” बोलको चर्चित गीत गाएका थिए । हाल उनकै प्रस्तुतिमा सोही बोलको चलचित्र निर्माण भएको छ ।

यस अघि “हे माया सैलुङ्गेमा कुहिरोको घेरो” बोलको गीत र ट्रेलर समेत सार्वजनिक गरेको चलचित्र “रुमालै छ चिनो” समुहले अर्को गीत सार्वजनिक गरेको छ ।

यहि फागुन १० गते देखि अल नेपाल रिलिजको तयारिमा रहेको चलचित्रको आमा नबस्नु पर्खेर बोलको गीत सार्वजनीक भएको हो ।

नेपाली ठेट लोक शैलिमा बनाइएको यस गीतमा रेशम थापाको शब्द तथा बिरही कार्कीको सङ्गीत र स्वर रहेको छ ।

युद्दमा सहभागी एउटा सिपाहिले आफ्नो परिवार सम्झिदाको अवस्था झल्काइएको यस गीतमा सुशान्त कार्किको साथमा सन्चिता लुइटेल, मिथिला शर्मा लगायतलाइ देख्न सकिन्छ भने चलचित्रमा किशोर खतिवडा, अप्सना थापा, लक्ष्मण बिक्रम बस्नेत, रश्मि भट्ट, सुरबिर पण्डित, सन्ध्या खड्का लगायतले अभिनय गरेका छन ।

चलचित्रमा रेशम थापाको कथा रहेको छ भने बिनोद सापकोटाको छायांकन, अर्जुन पोखरेल र बिरही कार्किको सङ्गीत, सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, शिव थारुको सम्पादन रहेको छ ।

चन्द्र खड्का निर्माता रहेको  चलचित्रको पटकथा, सम्बाद तथा निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय