रनर बिरामी भएपछि नेपाली सेनाद्वारा उद्दार,लाङटाङ ट्रेलरन २०२६ को तयारी पुरा 

२०८३ जेष्ठ २२, शुक्रबार ०५:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
क्यान्जिङ गोम्पा,रसुवा
रसुवा नुवाकोट पर्यटन समाजले गत बर्ष बाट शुरूवात गरेको लाङटाङ ट्रेल रनको दोश्रो सस्करणको तयारी पूरा भएको जनाएको छ । जेठ २३ अर्थात जुन 6 मा हुने ट्रेलरन २०२६ को लागि सहभागी धावक तथा धाविकाहरु येतिबेला क्यान्जिङ गोम्पा पुगिसकेका छन । लाङटाङ ट्रेल रन २०२६ मा रसुवाको उत्तरी भेगको चर्चित पर्यट्किय  गन्तव्य क्यान्जिङ गोम्पा बाट स्याफ्रुबेसीसम्मको ३२ किलोमीटर दुरी सहभागी रनरहरुले पार गर्नुपर्नेछ ।
ट्रेल रनमा प्रथम हुने महिला र पुरुष दुबैलाई जनही एक  लाख नगद पुरस्कार प्रदान गरिने आयोजक रसुवा नुवाकोट पर्यटन समाजले जनाएको छ । प्रतियोगितामा  पाचौ स्थानसम्म हासिल गर्ने रनरहरुलाई नगद पुरस्कार  रहेको जनाइएको छ । रनरहरुले क्यान्जिङ गोम्पा देखि स्याफ्रुबेसी सम्मको ३२ किलोमिटर दुरी पार गर्न पुरुषको लागि ६ घन्टा र महिलाको लागि ७ घन्टाको समय सिमा तोकिएको टिमले जनाएको छ ।
 यसपटक  लाङटाङ ट्रेलरन  २०२६ मा स्वदेशी तथा बिदेशी  गरी १ सय १३ जना महिला पुरुष धावकहरु प्रतिस्पर्धामा भाग लिनको लागि सहभागी भएको आयोजकले जनाएको छ । जहाँ १८ जना  महिलाहरूको सहभागिता रहेको बताइएको छ ।  एतिबेला धावकहरु  रसुवाको  क्यान्जिङ गोम्पा  पुगीसकेका छन । जहाँ १८ बर्ष देखि ५५ बर्ष सम्मक धावकहरु  सहभागी हुदैछन । लाङटाङ ट्रेल रन २०२६ मा  सहभागी हुन विभिन्न स्थानबाट क्यान्जिङ गोम्पा पुगेका रनरहरु   क्यान्जिङ गोम्पा पुग्दा सम्म हाई अल्टिय्युडका कारण  लेक लाग्ने लगाएत शारीरिक स्वस्थ्यमा समस्या भएपछि  धावकहरुलाई  लाङटाङ रास्ट्रीय निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री श्रीनाथ गणको लाङटाङ र स्याफ्रुबेसी पोस्टबाट खटिएका मेडिकल टिमले उद्दार गरेको ट्रेल रनका सयोजक गगनराज न्यौपानेले जानकारी दिनु भयो ।
लाङटाङ तथा क्यान्जिङ गोम्पामा पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले गरिएको ट्रेल रन रसुवा नुवाकोट समाजले ,बाग्मती प्रदेश सरकार सस्कृती तथा पर्यटन मन्त्रालय हेटौंडा मकवानपुर, नेपाल पर्यटन बोर्ड, प्रदेश खेलकुद बिकास परिषद हेटौंडाको सहकार्यमा आयोजना गरेको हो । गत बर्षबाट सुरु भएको ट्रेल रनले राम्रो रेस्पोन्स पाएको छ र लाङटाङ क्यान्जिङ गोम्पाको पर्यटन प्रबर्द्धनका लागि ट्रेल रन ब्रान्ड बनाउने उदेश्यले कार्यक्रमलाई निरन्तरता दिने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो।
समाजका उपध्यक्ष शिव लामिछानेले अहिले लाङटाङ जाने आन्तरिक तथा बाह्यय पर्यटकहरुको सख्यामा वृद्धि भएको बताउदै ट्रेल रन एउटा उत्सव भएको बताए । क्यान्जिङ गोम्पाका स्थानीय तथा  होटल बुद्दइनका सचालक  पासाङ तामाङले गतबर्ष गरेको लाङटाङ  ट्रेल रनले लाङटाङ क्यान्जिन्ङ भ्यालीको प्रचारप्रसार बढाएको र आन्तरिक तथा बाह्य्य पर्यटकहरुको सख्यामा वृद्धि भएकाले यो ट्रेल रनलाई उत्सवको रुपमा स्थानीयहरुले सेलीब्रेसन गरीरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय