‘एन्टिबायोटिक खाउला’ दाल भात तरकारी’को आइटम गीत सार्वजनिक

२०७६ बैशाख १४, शनिबार १६:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टिबायोटिक खाउला’ बोलको गीत  सार्वजनिक गरिएको हो ।

हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो गीतको भिडियो चितवनमा खिचिएको हो ।

प्रियंकालाई गीतमा बोल्ड देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

हरिवंश आचार्यले लेखेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।चलचित्रले अमेरिका जानका लागि हुने तछाडमछाडलाई उठान गरेको छ । मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय