रीएरेन्ज ‘चट्ट रुमाल क्या मालुम’ ‘यात्रा’मा

२०७५ फाल्गुन २३, बिहीबार १५:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘यात्रा’मा समावेश दोश्रो गीत ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक गरिएको छ ।

शम्भुजित बास्कोटाको संगीतमा तयार भएको चलचित्र ‘आफ्नो मान्छे’मा समावेश यो गीतलाई रीएरेन्ज गरिएको हो ।

‘आफ्नो मान्छे’को गीतमा शम्भुजित बास्कोटा र साधना सरगमको स्वर, बाबुराम दाहालको शब्द थियो । सार्वजनिक नयाँ गीतमा धमेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । पुरानो गीतमा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहले अभिनय गरेका थिए ।

नयाँ गीतमा भने चलचित्रका मुख्य कलाकारहरु सलिनमान बनियाँ, मल्लिका महत्त, सलोन बस्नेत, जाहन्वी बस्नेत, प्रेक्षा बज्रचार्य लगायतलाई फिचरिङ गरिएको छ ।

प्रविण सिंहले कोेरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् ।

चलचित्रलाई सम्राट शाक्यले लेखन तथा निर्देशन गरेका हुन् । केशव भट्टराइको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल पोखरेलको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय