सरकारले संगीत, कला र साहित्यको अध्ययन र पठनपाठनलाई देशभर प्रवर्धन गर्ने जनाएको छ । संसदमा आर्थिक वर्ष २०८३र२०८४ को बजेट पेश गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त कुरा बताएका हुन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘संगीत, कला र साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गरिने । राजगुठी दर्ता लगतमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवम एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि सहयोग गर्नेछौं ।’ त्यस्तै महानगर र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ सिनेमा हल खोल्नेलाई १० वर्ष आयकर छुटको ब्यवस्था गरीने पनि अर्थमन्त्री वाग्लेले सुनाए ।


