१५ बर्ष मिडिया करियर पछि आर.जे. निरन्जन ब्याम्बुज कर्नर रेष्टुरेन्ट ब्यवसायमा

२०८३ असार ६, शनिबार ०८:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पन्ध्र बर्ष मिडियामा काम गरेपछि सचारकर्मी निरन्जन थापाले बाटो मोडे अब आर्थिक रूपमा सक्षम हुन नसकिने रहेछ मिडियामा काम गरेर भन्दै ४ बर्ष अघि रेस्टुरेन्ट सचालनमा ल्याए । शुरुवातमा ७ जना पार्टनर मिलेर पेप्सीकोला दिब्यश्वरी टाउनप्लानिङ मनोहरा करिडोरमा “ब्याम्बुज कर्नर गार्डेन एण्ड रेष्टुरेन्ट ” नाम राखेर संचालनमा ल्याएको रेस्टुरेन्ट अहिले ३ जना पार्टनर मिलेर चलाईरहेको निरन्जन बताउछन ।
निरन्जन थापा काठमाडौका स्थानीय हुन ,उनी सानैदेखी रेडियो एफ एम सुन्ने टेलीभिजन हेर्ने र आफू पनि रेडियो टेलीभिजनमा सुनिने र देखिने चाहना अनुरुप पन्ध्र बर्ष अगाडि चाबहिलमा रहेको तेतिबेलाको चर्चित एफ एम टाइम्स एफ एम ९०।६ मेगाहर्जमा आर जे बने र निरन्तर १५ बर्ष सम्म रेडियो जक्कीको रुपमा काम गरे । नेपाली पत्रकारीतामा मास्टर गरेका निरन्जनले सांगितिक कार्यक्रम मनोरञ्जन ,सुचनामुलक कार्यक्रमहरु संचालन गर्ने गर्थे भने बिचमा टेलीभिजनमा समेत छोटो समय काम गरे ।

#निरन्जनको रेडियो टेलीभिजनको रहर र छोड्नुको कारण:
रेडीयोमा अरुले बोलेको सुनेर आफुलाई पनि मासमा बोल्न रहर लागेर रहरै रहरमा टाइम्स एफ एम ९०६ मेगाहर्जले भ्याकेन्सी खोलेको बेला उनले एप्लाई गरे र रेडीयो जक्की आर जे बने । रेडीयोमा बोल्ने रहरले कलेज समेत छोडेर रेडीयोका् कार्यक्रममै समर्पीत भएर काम गरेका निरन्जन सम्झदै भन्छन् कत्ती रहर थियो रेडीयोमा काम गर्न त्यै भएर सबै कामहरु छोडेरै भएपनि रेडियोको कार्यक्रमहरु छोड्दैनथे । रेडीयोबाट कमाएका फ्यानहरु सम्झदा अहिले पनि मन खुशी भएर आउंछ । केहि समय न्युज २४ ले खोलेको इ २४ मा समेत काम गरेका निरन्जनले टेलीभिजनमा समय धेरै दिनपर्ने तर तलब कहिले समयमा नपाएकाले छोड्न बाध्य भए ।

मिडियामा यत्रो बर्ष काम गरे पनि आर्थिक रुपमा सहज भएन मिडियामा जागिरै खाएर जिन्दगी नचल्ने रैछ , अहिले मैले गरेको ४ बर्षको रेष्टुरेन्ट बिज्नेश हेर्दा पहिला देखि मिडियासंगै साइड बिज्नेश पनि संगसंगै लगेको भए हुनेरैछ भन्ने लाग्छ । हुन त मिडियाका बिभिन्न पाटाहरु छन् महिनामम्र करोडौको ब्यापार पनि मिडियाकर्मीले मिडिया मार्फतनै बिभिन्न इभेन्ट , एजेन्सी , कन्टेन्ट क्रियशन बाट लिने गर्छन त्यो पनि सबैलाई फलीफाप हुदैन गार्हो छ ।
पन्ध्र बर्ष सम्म सरकारी कार्यलय वा अन्य कुनै संस्था या ब्यपार बिजनेश गरेको भए कति प्रगती हुन्थ्यो सरकारी अफिसमै पन्ध्र बर्षसम्म े पेन्सन समेत आइसक्थ्यो तर आफ्नो आत्मसंतुष्टीको लागि गरेका् रेडियो टेलीभिजनमा काम प्रति भने कुनै पछुतो र गुनासो छैन । अझैपनि मिडियामा त इन्ट्रेष्टनै छ अब बिज्नेशलाई म्यानेज गरेर अहिले त डिजिटल प्लाटफर्मममा आफैले ओनशीप लिएर नी काम गर्न सकिन्छ गर्न त गर्छू ।


#”ब्याम्बुज कर्नर गार्डेन एण्ड रेष्टुरेन्ट “कसरी जुर्यो के छ बिशेषता

पेप्सीकोला दिब्यश्वरी टाउनप्लानिङ मनोहरा करिडोरमा रहेको ब्याम्बुज कर्नर यतिबेला हटस्पट बनेको छ ह्याङआउट गर्न होस या गेटटुगेदर गर्न या आनन्दले गएर खाजा खानको लागि । बांसले बारेमो आकर्षक कटेजमा हरीयाली शितलतासंगै आफुले खोेजेको हाइजीन आइटम पाइन्छ “ब्याम्बुज कर्नर”मा । साथीहरुसंग मिलेर रेष्टुरेन्ट खोल्ने योजना भैसकेपछि कस्तो रेष्टुरेन्ट खोल्ने भन्ने आइडिया लगाउदा बासको कटेज फयुजन खालको आधुनिक बनाउने आइडिया आयो अनि बांसको भनेपछि ब्याम्बु भैहाल्यो बुज भनेको अल्कोहलिक बेभरेज , त्यसरी ब्याम्बुज नाम बन्यो भने दिब्यश्वरी टाउनप्लानिङको कर्नरमा भएकोले ब्याम्बुज कर्नर भनेर नाम राखियो ।

अहिले दिब्यश्वरी टाउनप्लानिङको ब्याम्बुज कर्नरमा परिवार साथीभाई , स सना बर्थ डे पार्टी मेहन्दी पार्टी गेटटुगेदरको लागि भीड लाग्ने गर्दछ । बिशेष गरी शान्त वातारवणमा रमाउन पनि ग्राहकहरु ब्याम्बुज कर्णरमा पुग्ने गर्दछन् । ब्याम्बुज कर्नरमा हाजेनीक , फ्रेश खानेकुराहरु अर्डर अनुसार पाइन्छ भने ,बस्नको लागि स्पेशीयस आकर्षक गार्डेन र हरियालीसमेत रहेको छ । शहरकै भीडमा शान्त र हरियाली वातावरणमा रमाउन ब्याम्बुज कर्नरमा पुग्नेहरुको संख्या बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय