स्पोर्टस एड्भेन्चर टुरीज्म र डेस्टीनेशन प्रमोशन गर्ने उदेश्यले रसुवा नुवाकोट पर्यटन समाजले जुन ६ अर्थात जेठ २३ गते शनिबार दोस्रो संस्करणको ‘लाङ्टाङ ट्रेल रन’ २०२६ सम्पन्न गर्यो । जहां २ बिदेशी समेत सहभागि थिए , ८८ जना पुरुष र १८ जना महिला गरी १०६ जनाले क्यान्जीङ गोम्पा देखि स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दुरी पार गर्न प्रतिस्पर्धा गरेका थिए ।


गोसाइकुन्ड गाउपालिका ४ मा पर्ने हिमालको काखमा ३८ सय ७० मिटर उचाइमा रहेको नेपालकै तेश्रो चर्चित पर्यटकीय गन्तब्यस्थल लाङटाङ क्यान्जीङ भ्याली जहां बाट आधा दर्जन बढी हिमाल नजिकबाट नियाल्ने सुन्दर बस्ती हो । जहां उकालो ओराले खोच सुन्दर प्रकृतिसंग रमाउदै प्रतियोगितामा सहभागि हुन पुगेका प्रतियोगीहरु र लाङ्टाङ ट्रेल रन’ २०२६ सम्पन्न गराउन पुगेका बिभिन्न बिधाका टोलीले लाङटाङ क्यान्जीङ भ्याली रंगचिंगी बनेको थियो ।

प्रतियोगिताको उद्घाटनका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ स्वयं हेलीमा क्याङजिन पुगेर लाङटाङ क्षेत्रलाई धार्मीक ,आध्यात्मीक परम्परागत सबै बिधाको प्रर्बदनका साथै स्वास्थयका लागि पनि दौड राम्रो भएको बताउदै ,राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा रसुवा क्याङजिन, लाङटाङ क्षेत्रको प्रबद्र्धन गर्न बाग्मती प्रदेश लागि पर्ने बताए ।

त्यसैगरी बाग्मती प्रदेशका अर्थ मन्त्री प्रभात तामाङले रसुवा नुवाकोटको पर्यटन प्रर्बदनका लागि र ब्यवसायको लागि यस्ता प्रतियोगिताहरु महत्वपुर्ण हुने बताए ।
पर्यटन मन्त्री सुरेश श्रेष्ठले एड्भेन्चर ,स्पोर्टस टुरीज्मलाई प्रबद्र्धन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
बाग्मती प्रदेश सचिव दिपेन्द्र सुबेदी लगायत गोसाइकुन्ड गाउपालिाकाका प्रतिनिधिहरु तथा स्थानीयहरुले प्रतियोगीहरुलाई क्यान्जीङ पुगेर शुभकामना दिंदै दौड शुरु भएको थियो ।
यसपटक प्रोफेसजल रनरहरु मात्रै नभै बिभिन्न बिधाका जस्तै , बैकर ,लयर ,इन्जििनयर सबै दौड प्रतियोगितामा सहमागि हुन पुगेका थिए । रमाइलो त अहिलेको डिजिटल दुनियाले सबैलाई तानेका बेला रनरहरु प्रतिस्पर्धामा जित्नु भन्दा पनि भिडियो क्लिक गर्न बढी आतुर देखिन्थे । त्यस्तै कति रनरहरुको बिच बाटोमै समस्गा पनि देखियो ।


अन्ततलाङटाङको क्यान्जिङ गोम्पाबाट स्याफ्बेसीसम्मको ३२ किलोमिटर २ घण्टा १६ मिनेट ४३ सेकेन्ड मा पूरा गर्दै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ निवासी मिलन कुलुङ राई गत बर्षको आफ्नै रेकर्ड तोड्दै बिजेता बने हुन ,उनले गत बर्ष २ घण्टा २७ मिनेटमा लाङटाङको क्यान्जिङ गोम्पाबाट स्याफ्बेसीसम्मको ३२ किलोमिटर दुरी पार गर्दै बिजेता बनेका थिए ।
प्रतियोगितामा जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का धिरज बहादुर बुढा २ घण्टा १८ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए भने पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई २ घण्टा २० मिनेट २ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थानमा रहे। त्यसैगरी चौथोस्थान गोपाल तामाङले हासिल गरे भने चन्द्र राउतले पांचौ स्थान हासिल गरे ।



महिलातर्फ काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की अञ्जुली गुरुङले ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै लाङ्टाङ ट्रेल रन’ २०२६ को उपाधि जितिन्। नुवाकोटको शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डसहित दोस्रो भइन् भने अष्ट्रियाकी अन्ना लेना ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा सीमित भइन्। गिता महर्जनले चौथो स्थान ओगट्दा सोनु पौडेलले पांचौ स्थान हासील गरीन ।


प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ। चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र अन्तर्राष्ट्रिय पहिचानलाई थप सशक्त बनाउन ट्रेल रनको दोस्रो संस्करण आयोजना गरिएको बताए । प्रतियोगीहरु आफ्नो स्थानको प्रचारप्रसार गर्न र साहासिक पद यात्राको लागि ,मेन्टल पीसको लागि उत्साहित देखिन्थे ।

ट्रेल रनका संयोजक गगनराज न्यौपानेले नेपाल हिमाल चढ्न र ट्रेकीङको लागि मात्र नभै ट्रेल रनको लागि पनि बेस्ट डेस्टीनेशन हो भन्ने सन्देश गएको बताए ।
आयोजक रसुवा नुवाकोट पर्यटन समाजका उर्जा तामाङले गत बर्ष गरेको टे«ल रनका कारण यस बर्ष थप आकर्षण बढेको बताए । तेश्रो टे«कीङ रुटको लागि नेपालकै तेश्रो गन्तब्यको रुपमा रहेको लाङटाङ क्षेत्रको प्रर्बद्धनका लागि ट्रेल रन २०२६ ले महत्वपुर्ण भुमिका खेलेको आयोजक ऋतु ग्याम्दनले बताइन ।
त्यस्तै सुदीप पौडेलले पनि पर्यटन प्रबद्र्धनका लागि धेरै टे«ल रनले आकर्षण बढाएको बताए ।
त्यसो त ३८ सय ७० मिटर हाइटमा रहेको क्यान्जीङ भ्याली पुग्दा केहिलाई हाइ अल्टीट्युडका कारण समस्या समेत देखिएपछि टेक्नीकल र मेडिकल टिमले उद्धार समेत गरी सुरक्षीत घर समेत फर्काउनस पर्यो जहां लाङटाङ रास्ट्रीय निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री श्रीनाथ गणको लाङटाङ र स्याफ्रुबेसी पोस्टबाट खटिएका मेडिकल टिमले उद्धार गरेको थियो ।

स्थानीय क्यान्जीङ होटल बुद्ध इनका संचालक पासाङ तामाङले ला«ङटाङ टे«लरनले आन्तरीक पर्यटकहरु बढेको बताए । यस्तै लाङटाङका स्थानीय तथा होटल संचालक तेम्बा तामाङले टेल रनले राष्टिय तथा अन्तराष्टिय स्तरमा प्रचार प्रसार बढाएको बताए ।

लाङटाङ तथा क्यान्जिङ गोम्पामा पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले गरिएको ट्रेल रन रसुवा नुवाकोट समाजले ,बाग्मती प्रदेश सरकार सस्कृती तथा पर्यटन मन्त्रालय हेटौंडा मकवानपुर, नेपाल पर्यटन बोर्ड, प्रदेश खेलकुद बिकास परिषद हेटौंडाको सहकार्यमा आयोजना गरेको हो ।

गत बर्षबाट सुरु भएको ट्रेल रनले राम्रो रेस्पोन्स पाएको छ र लाङटाङ क्यान्जिङ गोम्पाको पर्यटन प्रबर्द्धनका लागि ट्रेल रन ब्रान्ड बनाउने उदेश्यले कार्यक्रमलाई निरन्तरता दिने आयोजकले बताएको छ । त्यसैगरी बाग्मती प्रदेश सांसद रमेश महत्तर इन्द्र गोतामेले ३२ किलोमिटर दुरी पार गर्दै बिजेता बनेका खेलाडीहरुलाई स्याफ्बेसीमा मेडल तथा नगद पुरस्कार प्रदान गर्दै ट्रेल रन प्रतिोगिताले समग्र आन्तरीक तथा बाह्य पर्यटकहरुको ध्यान तानेको बाताए ।
भिडियोमा लाङटाङ टे«ल रन २०२६:


