
लेखक, निर्देशक तथा कलाकार ओम प्रतीकले डान्स मन्त्र एकेडेमी अफ पर्फमिङ आर्टस् सञ्चालनमा ल्याएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बुधबार आर्टस्को शुभारम्भ गरे ।
मन्त्रका संचालक निर्देशक, लेखक तथा कलाकार ओम प्रतीकले कलाकारितामा नै आफूले केही शिक्षा दिन सकुँ भन्ने उद्देश्यले सञ्चालनमा ल्याएको बताए । कलाकारितामै जीवन समर्पण गरिरहँदा नवप्रतिभाहरुलाई पनि कलाकारिताको प्रशिक्षण दिएर दक्ष बनाउन डान्स मन्त्रले पूरा गर्ने ओम प्रतीकले बताए ।
डान्स मन्त्रको निर्देशक रुमी गुरुङ रहेकी छन् भने कारियोग्राफर सुरज प्रधान रहेका छन् ।
डान्स मन्त्रमा हिपहप, क्लासिकल, कल्चरल, एरोबिक, फ्री स्टाइल, कन्टेम, साल्सा, जुम्बा लगायतका कक्षाहरु संचालनमा रहेको छ । गोपीकृष्ण हलको अगाडि रहेको डान्स मन्त्रमा अभिनय र स्क्रिप्ट लेखनको पनि कक्षाहरु संचालन हुने संचालक प्रतीकले बताए ।