‘छ माया छपक्कै’नाम तय

२०७५ चैत्र २६, मंगलवार १३:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘छ माया छपक्कै’लाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम तय गरिएको छ । चलचित्र विकास बोर्डमा नाम दर्ता भएसँगै ‘छ माया छपक्कै’ नाम सार्वजनिक गरिएको हो ।

चलचित्रका लागि अहिलेसम्म कलाकारको रुपमा कलाकार दिपकराज गिरी र केदार घिमिरे मात्र फाइनल गरिएको छ । चलचित्रमा एक मात्र नायिका हुने बताइएको छ ।

चलचित्र ‘छ माया छपक्कै’लाई कमेडी कथामा नै निर्माण गरिनेछ । चलचित्रको निर्माणपक्षले कथालाई अन्तिम रुप दिइरहेको छ । यसपटक दिपकराज गिरी र उनको टिमले निर्माता रोहित अधिकारीसँग टिमअप गरेको छ । ‘वडा नम्बर ६’देखि चलचित्र निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई छाडेको छैन ।

यो चलचित्रमा रोहित अधिकारीले मात्र लगानी गर्नेछन् । तर, नाफाको ५० प्रतिशत भने दिपकराज गिरी र उनको टिमलाई जानेछ । चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय