झमकबहादुर फिल्मको टेलर सार्वजनिक गरीएको छ ।
गरिब र धनी बीचको द्धन्द्ध र हांस्य रसले भरीएको फिल्म भनेर निर्माण युनीटले जानकारी गराएको छ ।
भोमान कटुवालको निर्देशन र मिन कुमार तामाङको निर्माण रहेको झमकबहादुर आउने जेठ ११ गते प्रदर्शन गर्ने भनीएता पनि प्रदर्शन मिति सारेर आगामी श्रावण ११ गते प्रदर्शन गर्ने जानकारी गराईयो ।
पहिलोपटक निर्माणमा हात हालेका निर्माता मिनकुमारको झमक बहादुरले नेपालीको मौलीक कथा भनेपनि टेलर सार्वजनिक भैसकेपछि हिन्दी चलचित्र मुम्बाई एक्सप्रेसको हुबहु कपी भन्दै टिकाटिप्पणी भैरहेको छ ।
झमकबहादुरमा अनुपबिक्रम शाही, यादव देवकोटा ९सरापे ०, राजु कमेडी, सुजाता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्ता प्रसाद श्रेष्ठ लगायतको अभिनय छ ।
फिल्ममा रञ्जित गजमेरको संगीत, अनिलकुमार महर्जनको सम्पादन, राजु किंरातको एक्सन, कल्याण अधिकारीको कथा, राजेन भुजेलको संवाद छ ।

दियालो इन्टरटेनमेन्ट र युबी फिल्मस् ग्यालरीको व्यानरमा ‘झमक बहादुर’लाई मिनकुमार तामाङले निर्माण गरेका हुन् ।


