
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया सर्वसम्मत निर्वाचित भएका छन् । आज सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट र सचिवमा सुरेन्द्र भट्ट निर्वाचित भट्ट छन भने कोषाध्यक्ष: इन्दिरा रिमाल न्यौपाने,सह–कोषाध्यक्ष: नारायण सोडारी सदस्यहरू: प्रदिपकुमार तामाङ
,सुनिता पौडेल दवाडी,विनोद ढकाल ,सुनिता अधिकारी न्यौपाने निर्वाचित भएका छन ।

विसं २०५४ सालमा नेपालको ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि स्थापना भएको भिटोफ नेपालले हालसम्म देशभरका ३२ वटा गाउँमा सामुदायिक होमस्टे मार्फत पर्यटनको विकासमा योगदान पु-याएको छ । भिटोफले गाउँ पर्यटन मार्ट, सगरमाथा दिवस, रोपाईँजात्रा महोत्सव, होमस्टे तालिम जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।


