‘मिस एण्ड मिसेस मल्टिट्यालेन्ट नेपाल २०२६’ को उपाधी सानी (काण्डु) शेर्पाले हाता पारेकी छन् । एम्बिएस (मुस्कान ब्युटी सलुन एण्ड एकेडेमी) ले सोमबार राजधानीमा गरेको फिनालेमा सानी शेर्पाले नगद ५० हजार सहित ‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६’ को उपाधी जितेकी हुन । यस्तै फस्ट रनरअपः शुष्मा बुढाथोकीले नगद २५ हजार सहित उपाधी र सेकेन्ड रनरअपः जमुना तामाङले नगद १५ हजार सहित उपाधी हाता पारे ।
काठमांडौको राष्टिय नाचघरमा गरेको मिस एन्ड मिसेस मल्टिट्यालेन्ट २०२६ मा प्रतियोगी इन्दिरा बस्नेतले ट्यालेन्ट सहित सिनसियरको अवार्ड जितिन । भ्युअर च्वाइस र इनोसेन्ट अवार्ड गुण माया थापा मगरले जितिन भने प्रनिता बस्नेतले पब्लिक च्वाइस र इन्टेलिजेन्ट अवार्ड जितिन । शुष्मा बुढाथोकीले पर्सनालिटी, लिडरशीप र वेष्ट इन गाउन तिन अवार्ड जित्दा जमुना तामाङले कन्फिडेन्ट र डिसिप्लीन अवार्ड हाता पारीन । त्यस्तै पूजा आचार्यले ब्युटीफुल अवार्ड हाता पार्दा सानी शेर्पाले बिजेता सहित स्मार्ट अवार्ड जितिन भने पार्वती गुरुङले एक्टिभ अवार्ड जितिन । बिभिन्न पेशामा आवद्ध अविवाहित तथा विवाहित महिलाहरू प्रतियोगितामा सहभागी थिए ।
महिला सशक्तिकरण,क्षमता र नेतृत्व बिकासको लागि एम्बीएस ले पहिलोपटक आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६’ को फाइनल राउन्डमा प्रमुख अतिथि महिला ब्यवसायी तथा ब्रेभ गोर्खा म्यानपावरकी सीइओ परु गुरुङले महिला सशक्तिकरणका लागि यस्ता खालका प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने बताइन ।
‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६’ फाइनल राउण्डमा जजहरु समाजसेवी ,परु गुरुङ ,नायिका पुजना प्रधान गुरुड ,संञ्चारकर्मी गंगा लामा घिसिड,राज किड वाइबा , मिसेस नेपाल २०१८ कल्पना आचार्य ,रहेका थिए । मोटीभेस्नल स्पिकर विकास लामा ,जुम्बा तथा डान्स फिट्नेस प्रशिक्षक देवीका राई ,हांस्य कलाकार राजेन्द्र गिरी ,मोडल तथा डान्सर मिना राई गिरी,हांस्य कलाकार सागर गिरी ,नृत्यकार चेतबहादुर केसी ,गायक प्रकाश वाइबा लगायत सहभागिताले कार्यक्रमको आकर्षण बढेको थियो ,भने हांस्य कलाकार राजेन्द्र गिरीको टिमले नृत्य प्रस्तुत गर्दा रमाइलो माहोल बनेको थियो । प्रतियोगीहरुलाई कोरीयोग्राफर रोजीन शाक्यले ग्रुमीङ गरेका थिए भने नायक तथा निर्देशक अमिर दोङले प्रतियोगीहरुलाई नृत्य प्रशिक्षणसंगै ग्रुमीङ गरेका थिए । कार्यक्रममा आयोजक एम्बीएस संस्थाकी अध्यक्ष चेसाङ लामाले महिला सशीक्तरण र क्षमता अभिबृद्धिका लागि इस्ता कार्यक्रमहरु गर्दै जाने बताइन ।

आयोजक संस्था मुस्कान ब्युटी सलुन एण्ड एकेडेमीकी अध्यक्ष चेसाङ लामासंग गरीएको कुराकानीको भिडियो:


