बिएण्डी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् ।
५ सय डाक्टर र २५ सय नर्सिङ पढाउन मिल्ने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।
आइतबार बिएण्डसी अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले दुबईमा मेडिकल कलेज घोषणा गरेका हुन् ।
प्रसाईकै निम्तोमा दुबईका राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम नेपाल आएका छन् ।
दुबईका राजकुमार बाट बि एण्ड सि एवम् पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकन तथा पेट सिटि स्क्यान मेसिन उद्घघाटन समेत उद्घाटन भएको छ ।
तीन दिने भ्रमणमा हिजो नेपाल आएका राजकुमार काठमाडौंबाट झापा पुगेका थिए । राजकुमार र आफूबीच दुबईमा मेडिकल कलेज खोल्ने विषयमा आपसी समझदारी भएको पनि उनले स्पष्ट पारेका छन् ।
यसअघि दुबईमा मेडिकल कलेज खोल्नको लागि तयारी गर्न दुर्गाका छोरा दुवई पुगेका थिए । दुर्गा प्रसाई पनि दुवई पुगेका थिए ।