स्वास्थ्य क्षेत्रको नीति निर्माण पहिलो एजेन्डा -भक्त हमाल

२०७९ चैत्र २५, शनिबार ०७:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रशायन तथा मेडिकल आपुर्तीसंघ नेपाल का अधयक्ष भक्त हमालले उद्योग बाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवा।ी दिएका छन् ।

आगामी चैत्र २८ र २९ गते हुन गैरहेको नेपाल उद्योग बाणिज्य महासंघको ५७ बार्षिक साधारण सभा तथा निर्वाचनमा हमालले बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार उमेशलाल श्रेष्ठ समुहबाट सदस्य पदमा उम्मेद्वारी दिएका हुन ।

हाल महासंघको कार्यसमिति सदस्य रहेका हमालले कोभीड जस्तो आपत्तकालीन महामारी आउदा कसरी स्वासथ्य क्षेत्रमा रहेर आम नागरीकको जिउ धनको सुरक्षा गर्ने भन्ने बिषयलाई मुल एजेन्डा बनाएर अघि बढ्ने बताए ।

स्वास्थ्य क्षेत्रमा थुप्रै नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेकाले त्यसमा बढी लबीङ गर्ने आफ्नो एजेन्डा रहेको हमालले बताए । केम्सनका अध्यक्ष हमाल बिगत तिन दशकदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय