चिकित्सकहरुका अनुसार महिलाले बच्चा जन्माउने सहि उमेर २५ देखि ३० बर्षको हुने भएपनि पछिल्लो समय ढिला विवाह गर्ने ३५, ४० बर्षमा मात्र विवाह गर्ने चलन देखिन्छ । बिशेष गरी करीयरमा फोकस हुने पढाई जागीर गर्दा विवाह छिटो भएपनि बच्चा जन्माउने योजना पछि हुन्छ त्यस्तै शरीरमा कुनै रोग लाग्दा पनि अण्डा सेफ राख्न फ्रिज गर्ने गरीन्छ ।
ह्याम्स अस्पतालमा कार्यरत गाइनोकोलोजीष्ट डक्टर करीश्मा पाण्डेका अनुसार पछिल्लो समय ढिला विवाह गर्ने चलन बढेकोले अण्डा फ्रिज गर्ने संख्या बढेको छ ,उमेर बढ्दै गएपछि अण्डाको क्वालीटी र क्वान्टीटी घट्दै जान्छ र पछि बच्चा नबस्न सक्छ त्यसैले सेफ साइडको लागि अण्डा फ्रिज गर्ने गरिन्छ । डक्टर पाण्डेका अनुसार २५ बर्षकै उमेरमा अण्डा फ्रिज गर्दा ४० ४५ जति बर्षमा बच्चा जन्माएपनि अण्डाको उमेर २५ बर्षनै हुने भएकोले बच्चा जन्माउन सजिलो हुन्छ , फ्रिज गरेर राखेको अण्डा विवाह भैसकेपछि पुरुषको शुक्रकिटसंग अण्डा मिसाएर फ्रिज गरेर बच्चा बनाएर भ्रुण पाठेघरमा राखिन्छ र बच्चा जन्माईन्छ । यदि विवाहित जोडीले ढिला बेबी प्लान गरेका छन् भने चांही भ्रुणनै बनाएर राख्ने गर्छन । अविवाहित महिलालो अण्डा मात्र फ्रिज गर्छन भने विवाहितले भ्रुण बनाएर राख्ने गर्छन ।
यदि कोही महिलालाई २० द्दछ बर्षमै क्यानसर जस्तो घातक रोग लागेको छ भने पनि उपचार भन्दा अगाडि सेफ्टीको लागि अण्डा नाश हुन नदिन अण्डा फ्रीज गर्ने गरीन्छ । आजभोलि हरेक आइभीएफ सेन्टरमा अण्डा फ्रीज गरीन्छ । हर्मोन र औषधी कति प्रयोग गरीन्छ त्यो हेरेर २ देखि ३ लाख सम्म अण्डा फ्रिजको लागि कस्ट लाग्ने गर्दछ ।