
पछिल्लो समय नेपालमा कम्मर भन्दा तलको स्वास्थ्य समस्यामा बृद्धि हुने मानिसको संख्या बृद्धि हुदै गएको छ ।
भर्खरै पर्यावरण स्वास्थ्य र जनसंख्या गतिबिधि सेवामा अनुसन्धानको लागि केन्द्र कृपा र साउथह्याम्पटन बिश्वबिद्धलायले गरेको सर्वेक्षणमा प्राय घरपरिवारमा कम्मर भन्दा तल्लो भागमा चोटपटक लागेका कुनै न क्नै बिरामीहरु रहेको पाइएको छ ।
कृपाले हिमाल पहाड र तराईलाई समेटेर तिन जिल्ला दोलखा ,दाङ लमजुङमा गरीएको सर्वेक्षणमा १ चौथाई भन्दा बढी घर परिवारमा कम्तिमा एक जना लाई कम्ममर भन्दा तलको भागमा चोटपटक र स्वास्थ्य समस्या रहेको तथ्यांक सार्वजनिक छ । सबै उमेर समुहका ब्यक्तिहरुमा कम्मर भन्दा तलको समस्याका कारण मानसिकरुपमा समेत बिक्षिप्त बनेको जटील समस्या देखिएको छ ।
कृपाले स्वास्थ क्षेत्रलाई मध्यनजर गर्दै फिल्ड अध्ययन गरेर सार्वजनिक गरेको प्रतिबेदनले राष्ट्रिय र स्थानीयस्तरका स्वास्थ्य अधिकारी अपाङगता भएका ब्यक्तिहरुसंग काम गर्ने एनजीओहरु र स्वास्थ्य नीति बनाउन उपयोगी हुने कृपाका निर्देशक महेश पुरीले बताउनु भयो । कार्यक्रममा साउथह्याम्पटनका प्रतिनिधिहरु डक्टर लुसी गेट र डक्टर अमोसले प्रस्तुत गरेको प्रीजेन्टेशनमा डक्टर अभिनव बैद्य र रोग निवारण बिभागका निर्देशक डक्टर चुमनलाल दासले स्वास्थ्य समस्या समाधान गर्न सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।