आईभिएफ सेवा संगै ईशान बाल तथा महिला अस्पतालको अफ्नै भवनबाट सेवा शुरु

२०७९ बैशाख २८, बुधबार ०२:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

२६ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा पुर्‍याउँदै आएको ईशान बाल तथा महिला अस्पतालले निसन्तान दम्पतीको लागि आईभिएफ सेवा संगै अब आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वैशाख २५ गते आइतबारदेखि नयाँ भवनबाटै सेवा सुरु गरिएको अस्पताल संचालक समितिका सदस्य, निर्देशक वरिष्ठ बाल शल्य चिकित्सक प्रा।डा रामनन्दप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको लागि झण्डै ४० करोड खर्च भएको छ । ०७६ वैशाखमा सुरु गरिएको भवन निर्माण कोरोना महामारीका कारण निर्धारित समयभन्दा ढिला सम्पन्न भएको हो ।

काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ५ मा रहेको ईशान अस्पतालको नयाँ भवन सवा ६ रोपनी जग्गामा निर्माण गरिएको छ । नयाँ अस्पताल भवन पुरानो बसुन्धारामा रहेको ईशानको ३ सय मिटरको दुरीमा उत्तरतर्फ रहेको छ । नयाँ भवन बालबालिका र वातावरणमैत्री रहेको अस्पतालले बताएको छ । निर्देशक चौधरीका अनुसार ईशानलाई बुटिक अस्पतालको कन्सेप्टमा संचालन गर्ने तयारी भइरहेको छ ।

ठाउँ अभावले इसानले ५० शय्यामा नागरिकलाई सेवा दिँदै आइरहेको थियो भने नयाँ भवनमा सय वेड संचालन गर्न सक्ने क्षमता भएको र सोहीअनुसार तयारी भएको छ ।

बालबालिकाको ल्याप्रोस्कोपीमार्फत पनि शल्यक्रियालाई अझ प्राथमिकताका साथ सेवा दिइने अस्पतालको भनाइ छ । पेडियाट्रिक आईसियू वेडको अब ७ वेडको हुनेछ, आईसीयूभन्दा फरक किसिमको एचडियु पनि ८ वेडको रहने छ । अस्पतालमा बालबालिकाको लागि फरक फरक किसिमको तस्बिरहरु पनि कोरिएको छ । महिलाहरुको लागि पनि ल्याप्रोस्कोपी सेवालाई अझ प्रभावकारी रुपमा विस्तार गरिएको छ ।

बालबालिकाको मिर्गौला, मुटु, आन्द्रा, नशा, फोक्सो,ब्लड क्यान्सर लगायत सम्पूर्ण रोगको अत्याधुनिक सेवाका लागि अस्पताल लागिपरेको छ । ओपीडी कम्प्लेसमा बालबालिकालाई खेल्न, भुलाउनका लागि सहज हुने गरी अस्पताल बनाइएको छ । यस्तै बालबालिकामा लाग्ने विभिन्न खालका चोटपटकहरुको उपचार अहिलेसम्म पनि राम्रोसँग प्रदान गर्न नसकेको भन्दै अस्पतालले इर्मेजेन्सी ट्रमा सर्भिस पनि दिने तयारी गरेको छ ।

ईशान बाल तथा महिला अस्पतालमा बालबालिका र महिलाको मात्रै उपचार भन्ने पहिचान बनेको थियो । अन्य नागरिकको लागि पनि विभिन्न विभाग संचाल हुँदै आए पनि अब नयाँ भवनबाट ति सेवाहरु अझ विस्तारि गरिने अस्पतालले जनाएको छ ।  आँखा,नाक, कान तथा घाँटीसम्बन्धी स्वास्थ्य समस्याको उपचार सेवा पनि अस्पताले नयाँ भवनसँगै थपेको छ ।
वरिष्ठ बालरोग विशेषज्ञ तथा अन्य चिकित्सकबाट पनि हप्ताको सातै दिन २४ घण्टानै आकस्मिक सेवा प्रदान गरिने छ ।
यस्तै ओपिडि सेवा बिहान सात बजेदेखि साँझ ८ बजे सम्म विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिने अस्पतालले जनाएको छ । नयाँ भवनमा सरे पनि अझ यो सेवा प्रभावकारी हुने देखिन्छ ।

सामान्य आर्थिक अवस्था भएका नागरिकलाई धेरै सेवा प्रदान गर्दै आएको यसलाई निरन्तरता दिइनेछ । यस्तै हाईक्लासका नागरिकको लागि डिलक्स क्याविनको व्यवस्था गरेको जनाएको छ । नयाँ भवनबाट सेवा सुरु गरे पनि अस्पताले अहिले सेवा शुल्कमा कुनै पनि घटबढ नगरेको जनाएको छ । नेपालको पहिलो गैरसरकारी बालबालिकासम्बन्धी अस्पतालको रुपमा चिनाउँदै आएको इसानले आउँदा दिन अझ प्रभावकारी सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय