बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाका क्रममा गलत समूहको रगत चढाइएकी सर्लाहीकी ५ बर्षीया आकृतिकुमारी साहको सोमबार बिहान मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा। ज्यातिन्द्र शर्माले शल्यक्रिया जटिल रहेको उल्लेख गर्दै मिर्गौला फेल भएकाले बच्चाको मृत्यु भएको बताएको समाचार आजको कान्तिपुरको पृष्ठ २ मा छापिएको छ ।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बालबालिकाका आफन्तले बिरोध जनाएपछि सोमरबार दिउँसो अस्पताल परिसर तनावग्रस्त भएको थियो ।


