जाडो मौसममा बच्चा स्याहार्न गार्हे हुन्छ । केही सहजताका लागि निम्न टिप्स अपनाए सजिलो हुन्छ ।
बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने।
बासी खानेकुरा नखुवाउने।
चिसो चिज सकेसम्म नदिने।
उमालेको पानी पिउन दिने।

बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने।
बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने।
कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने।
घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।
जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन।
सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।
। तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।


