साँइली’को ट्रेलरमा मित्रता

२०७५ फाल्गुन २३, बिहीबार १५:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘साँइली’को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङको कथा तथा निर्देशनमा तयार भएको  चलचित्रको ट्रेलरमा मित्रता, प्रेम, दुख र विदेशिनुको कथालाई उठान गरिएको छ ।

जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा विशाल गुरुङ र मोहनराना मगरेको लगानी छ । विजय अवाले, विकास पोजास, शुभेच्छा केसी चलचित्रका सह–निर्माता हुन् । मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।  चलचित्र चैत्र १५ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय