
अमेरिकाबाट प्रकाशित हुने अफर म्याथाजिनले यात्रासँग सम्बन्धित महिलाहरुको सुचीमा नेपाली महिला लाक्पाफुटी शेर्पालाई समेटेको छ ।
लक्पाफूटी शेर्पाले आफ्नो अधिकांश जीवन हिमाल र त्यसकै काखमा विताएको र सन् १९९३ मा लाक्पाफुटी नेपाली महिलाहरुको हिमाल आरोही दलको सहायक टीम लिडर बनेर सगरमाथाको उचाई तर्फ लम्केको प्रोफाइलमा उल्लेख गरिएको छ ।
महिलाहरुले यो विश्वलाई कसरी बदलिरहेका छन् भन्ने जानकारीसहित उक्त सुची प्रकाशित गरिएको हो ।
लाक्पा फुटीले हिमालमा ४० बर्ष, हिमालकी छोरी नामक पुस्तक समेत प्रकाशीत गरेकी छन् ।
सगरमाथा आरोहणकै क्रममा उनको टीमकी साथी पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाईला राख्ने पहिलो महिलाको इतिहास बनाउँन सफल भएकी थिइन् ।
तर आरोहणकै क्रममा पासाङ ल्हामुको मृत्यु भएपछि लाक्पाफुटीसँगै उनका अरु आरोहण दलका सदस्यले सगरमाथाको चुचुरो चुम्न भने पाएनन् ।
त्यसपछि लाक्पाफुटी युरोपका कयौँ उच्च शिखरहरुको उचाई नाप्न निस्किइन् । उनले युरोपका कयौँ उच्च हिमालहरुमा स्की गरेकी छिन् । स्की खेलको मज्जा लिने पहिलो नेपाली महिलाको रेकर्ड उनको नाम छ ।
त्यसपछि उनी ट्रेकिंग एजेन्सी र पर्यटन क्षेत्रमा होमिन थालिन् । नेपालको अति लोकप्रिय लक्जरी ट्रेकिंग एजेन्सीकी उनी अहिले संस्थापक हुन् ।