पर्यटन ब्यवसायीलेनै पर्यटकलाई बिरामी बनाउ“छन् -रामशरण कार्की

२०७५ असार २१, बिहीबार ०४:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बर्षा याम छ ,बाढी पहिरोका कारण सडक दैनि अबरुद्ध हुन्छ । जसका कारण आन्तरीक तथा बाहय पर्यटकलाई मार परीरहेको छ ।

गुडेर जाउ बाटो खराब उडेर जाउ मौसम खराब ,जस्को लागि सरकारले सडक निर्माणको काम जब पर्यो राती तब बुढी ताती भनेजसरी आखा छारो हालेर बनाईरहेको छ त्यो पनि निर्माण लगत्तै भत्कीन्छ ,यिनै बिषयमा नेपाल पर्यटक यातयात ब्यवसायी संघका अध्यक्ष रामशरण कार्कीले पर्यटन यातयात तथा ब्यवसाय सम्बन्धी गरेको गुनासो ।

पर्यटक यातयातको ऐननै बाझीएको छ

नेपाल सरकारको ऐन कानुन बाझीएको छ ।

यातयात ऐनले पर्यटक सवारी साधन पनि सार्वजनिक यातयात हो भनेको छ भने आर्थीक ए्ेनले चांही पर्यटक यातयात निजी सवारी साधन हो भन्दै बार्षिक सवारी कर तिर्न लगाएको छ ।

यातयात ऐनले रोड परमीट लिन पर्छ भन्छ तर हामीले परमीट नलीकन पनि चलाईरहेका छोंै ।

सरकारको मन्त्रालयको ऐननै बाझीएको छ । पर्यटक सवारीलाई सार्वजनिक सवारी भनेपनि फरक पर्दैन तर समान ब्यवहार गर्नुपर्यो ।

पर्यटकको लागि सरकारले बाटो बनाएन

बर्षौ भैसक्यो ,नेपालको पर्यटकीय स्थलमा जाने बाटो र सडक संधै अस्तब्यस्त हुन्छ ।

बाटोकै कारण पोखरा हिडेको पर्यटक चित्तवन लाग्नु पर्छ चित्तवन हिडेका पर्यटक पोखरा मोडीनु पर्छ ।

यति लाख र उति लाख पर्यटक भित्राउने भनेर उर्दी लगाएर मात्रै के गर्ने सरकारले नेपालको भौगोलीक परिस्थितिलाई मध्यनजर गर्दै बाटो बनाउन सकेको छैन ।

बाटोघाटो निर्माणमा सरकारले ध्याननै दिंदैन । बाटोमै अलपत्र परिराछन पर्यटक नराम्रो सन्देश गैरहेको छ ।

सिजन अनुसार सचेत भएर बाटो निर्माण गर्नु पर्यो जस्तै मुग्लीन र नारणघाटको बाटो बनायो तर छेउछाउमा पहिरो खस्दा रोक्न सक्ने वाल छैन त्यो बनाको र नबनाको उस्तै हो , सरकारले आ“खामात्र छारो हाल्ने काम गर्ने ।

अब अहिले पर्यटकहरुलाई कस्तो समस्या छ भने गुडेर जाउ“ बाटोमा बाढी र पहिरो जाम अनि उडेर जा“उ मौसम खराब ।

सरकारले पर्यटन गन्तब्यको स्तरोन्नतीको लागि बाटोलाई प्राथमिकता दिन जरुरी छ ।

पर्यटन ब्यवसायमा बेथीति

पर्यटन ब्यवसायीहरुले पर्यटकहरुलाई ट्रेकीङमा लैजा“दा बिरामी बनाएर कामउनको लागि हेलीकप्टेरमा ल्याउने जल्दोबदो समस्या देखिएको छ ।

पर्यटन बिभागले हरेक ब्यवसाय गर्नेलाई लाईसेन्स दिएको हुन्छ तर नाफामा मात्रै ध्यान दिएर ट्रेकीङ ब्यवसायीले पनि भेकल ब्यवसाय गर्ने ,ट्राभल्सले नी भेकलको ब्यवसाय गर्ने ,भेकल ब्यवसायीले पनि ट्रकीङको ब्यवसाय गर्ने मनपरी छ यसको लागि सरकारले अनुगमननै गर्दैन ,जसका कारण ब्यवसाय अस्तब्यस्त बन्दैछ ।

कतै लाईसेनसनै नलिई ब्यवसाय भैरहेको छ । जस्तै पोखरामा कुनेै पनि ब्यवसायीले पर्यटक यातयातको लाईसेन्स लिएका छैनन खुलेआम होटल लगाएतका बाहनामा पर्यटक यातयात चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय