डीटीएमको तयारी तीब्र

२०७६ बैशाख १, आईतवार १०:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पहिला देश अनि बिदेश भन्ने नारा सहित हुन लागेको डोमेसटीक टुरीज्म मार्ट २०१९ को तयारी तीब्र भैरहेको आयोजकले बताएको छ ।

गन्तब्य नेपाल ग्रुपले नीजी क्षेत्रबाट पहिलो पटक आयोजन गर्न लागेको टुरीज्म मार्ट आगामी बैशाख १३ र १४ गते काठमांडौको भृकुटी मण्डपमा हुदैछ । देशैभरका कला र पर्यटकलाई लोभ्याउने चिनारी मार्टमा राखीने गन्तब्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अवीरलले जानकारी दिए ।

डीटएिम को बारेमा जानकारी दिन गरीएको पत्रकार सम्मेलनमा पर्यटन ब्यवसायीहरुले अत्यन्तै महत्वपुर्ण र अहिलेको लागि आवश्यक रहेको डोमेस्टीक टुरीज्म मार्टलाई सफल बनाउनुपर्ने बताए ।

कार्यक्रममा पर्यटन बोर्डका सदस्य तथा निट नेपालका अध्यक्ष दिपक महत्तले भिजिट नेपाल २०२० को लागि पर्यटन भित्राउने लक्ष्यमा डोमेष्टीक टुरीज्म मार्टले सहयोग पुर्याउने बताए । कार्यक्रममा मार्टका संयोजक माधव सुबेदीले मार्टमा कुनैपनि कुराको कमी हुन नदिने गरी तयारी भैरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय