जीटीनको अध्यक्षमा अम्बिर गुरुङ सर्वसम्मत

२०७६ भाद्र १२, बिहीबार १८:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल जीटीनको अध्यक्षमा अम्बिर गुरुङ चयन हुनुभएको छ । शनिबार भएको सातौं वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनले अम्बिरको अध्यक्षतामा जीटीनको १४ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको हो ।

जीटीनको प्रथम उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा पिताम्बर गुरुङ, महासचिवमा कृष्ण  किशनराज गुरुङ, सचिवमा बाबुराम गुरुङ र कोषाध्यक्षमा बिन्दुमाया गुरुङ र सहकोषाध्यक्षमा जय गुरुङ सर्वसम्मत हुनु भएको हो । यस्तै सदस्यहरूमा अविनाशचन्द्र गुरुङ, अम्बिर गुरुङ, धनबहादुर गुरुङ, महाबीर गुरुङ, रेणु गुरुङ, दिलु गुरुङ र दिल गुरुङ चुनिनुभएको छ । निवर्तमान अध्यक्ष कमला गुरुङ र पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष बोबरजंग गुरुङ पनि केन्द्रीय समितिमा पदेन रहनुहुनेछ । जीटीन कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

पर्यटन विज्ञ एवं नेपाल सरकारको नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा गणेश गुरुङको नेतृत्वमा रहेकोे निर्वाचन समितिले जीटीनको नयाँ कार्यसमिति सर्वसम्मत भएको घोषणा गरेको हो  । समितिमा अन्तर्राष्ट्रिय पथप्रदर्शक सुनारबहादुर गुरुङ र व्यवसायी धनबहादुर गुरुङ रहनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय